‘आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समिति’को संयोजकमा ज्योति राई नियुक्त

डिसी नेपाल
५ माघ २०८० १३:५७

काठमाडौंँ। चलचित्र बिकाश बोर्ड अन्तर्गतको ‘आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समिति’ को संयोजकमा निर्माता ज्योतिराज राई नियुक्त भएका छन्। चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले राईलाई उक्त समितिको संयोजक नियुक्त गरेका हुन्।

राईले यसअघि पनि समितिमा एक कार्यकाल संयोजक र एक कार्यकाल सदस्य भएर काम गरेका थिए। हाल उनी आदिवासी जनजाति चलचित्र महासंघ प्रदेश १ को अध्यक्ष र नेपाल चलचित्र निर्माता संघको कोषाध्याक्ष पनि हुन्।

आदिवासी जनजाति चलचित्र महासंघको सिफारिसमा राई संयोजक नियुक्त भएका हुन्। सात प्रदेशका बिभिन्न १६ जातिबाट सिफारिस भएर आएका बिभिन्न ब्यक्ति मध्यबाट आदिवासी जनजाति महासंघले चलचित्र बिकास बोर्डलाई एक व्यक्ति संयोजका र अरु सदस्यहरुका लागि सिफरिस गर्ने सोही अनुसार बोर्डले संयोजक नियुक्त गर्ने प्रावधान छ।

बोर्डले राईको संयोजकमा छ सदस्यको समिति गठन गरेको हो। जसको सदस्यमा अमर लामा, रविन गुरुङ, विकास मगर, लक्ष्मी योङ्गहाङ, सगिना सुनुवार, अमृतामाया माझी रहेका छन र हरिसिंह रैखोला समितिको सदस्य सचीव रहेका छन्।

समितिले देशभर छरिएर रहेका आदिवासी चलचित्रकर्मीको ब्यक्तित्व बिकास, आदिवासी चलचित्रको प्रवद्र्धन र बजार बिस्तार गर्दै सक्षम बनाउने काम गर्छ।

आफ्नो कार्यकालमा बिभिन्न भाषामा निर्माण हुने चलचित्रको राष्ट्रिय तथा अन्तराष्ट्रिय बजार बिस्तार गर्ने, नितिगत रुपमा समेत सक्षम बनाउने मुख्य लक्ष्य लिएको संयोजक राईले बताए। ‘हाम्रो भाषा, संस्कृति र कल्चरलाई समेत फिल्मको मध्यमबाट समेट्न प्रोत्सान गर्नेछु’ राइले थपे।

संगम, त्रिबेणी, पापी मान्छे, वान वे प्रोडुसरका निर्माता समेत रहेका राईले पछिल्लो समय निर्माण गरेको फिल्म ‘लुङ्गा’ हो । जुन केही अगाडि मात्र प्रदर्शनमा आएको थियो। फिल्मका अलवा राईले दुई थोपा आसु, साइनो कस्तो कस्तो, माई बेष्ट फ्रेण्ड, डामाडोल लगायत निर्माण गरेका छन्। राई अहिले नयाँ फिल्म निर्माणको तयारीमा पनि छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *