रास्वपाले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गरेको छ : सभापति लामिछाने

डिसी नेपाल
५ माघ २०८० २२:४९

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले संसद र संसदीय समितिमा रचनात्मक प्रतिपक्षका निर्वाह गरेको बताएका छन् । आज यहाँ पत्रकारहरुसँग कुरा गर्दै उनले जनतालाई दुःख नदिई नेताले गर्न सक्ने कुरालाई प्रथामिकतामा राखेर आफूहरू लागिरहेको बताए ।

अहिले रास्वपाले मिसन २०८० अन्तर्गत बन्द भएका आयोजनामा कामका लागि दबाब गर्दै आएको उनको भनाइ थियो । उनले भने, “मानिसको बस्ती र जनतालाई असर नगर्ने गरी काम गर्न सक्नु नै वास्तविक विकास हो ।” विकासको विरोध हुनु सही नभए पनि विकास गर्दा सामजस्यता कायम गर्नुपर्ने उनको भनाइ थियो ।

फरक प्रसङ्गमा बोल्दै उनले अहिले रास्वपालाई सहकारीका बचतकर्ताहरूको बचतको सुरक्षाको विषय चिन्ताको बिषय भएको बताए । सहकारीमार्फत लाखाँै ठगिएको विषयमा आफूहरूले सरकारलाई समाधानसहितको प्रतिवेदन बुझाउने तयारीमा रहेको उनले जानकारी दिए । उनले भने, “बचतकर्ताको बचतको सुरक्षा राजनीतिक दल, दलका प्रतिनिधि, जनताको प्रतिनिधिकाका साथै जिम्मेवार व्यक्तिका रूपमा मेरो प्रथामिकताको विषय हो ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *