नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नलिन रुससँग परराष्ट्रमन्त्री साउदको आग्रह

डिसी नेपाल
६ माघ २०८० ६:५७

काठमाडौं। परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा भर्ना भएका नेपाली नागरिकलाई स्वदेश फिर्ता गरिदिन आग्रह गरेका छन्। उनले नेपाली नागरिकहरुलाई रूसी सेनामा भर्ना नलिन पनि अनुरोध गरेका छन्।

युगाण्डाको राजधानी कम्पालामा जारी नाम शिखर सम्मेलनका क्रममा रुसी उपविदेशमन्त्री सर्गेई वर्सिनिनसँगको भेटका क्रममा मन्त्री साउदले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नलिन र भर्ना भएकाहरुलाई फिर्ता गरिदिन आग्रह गरेका हुन्।

भेटका क्रममा परराष्ट्रमन्त्री साउदले केही मुलुकसँग परम्परागत व्यवस्थाबाहेक विदेशी सेनामा नागरिक पठाउने नेपालको नीति नरहेको जानकारी गराए।

परराष्ट्रमन्त्री साउदले युक्रेनसँगको युद्धका क्रममा मृत्यु भएका नेपालीको शव स्वदेश फिर्ता गरिदिन र उनीहरुको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराइदिन पनि आग्रह गरेका थिए।

जवाफमा रुसी उपविदेशमन्त्रीले परराष्ट्रमन्त्री साउदले उठाएका विषयहरू सम्बोधनका लागि पहल गर्ने बताएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *