खतरनाक प्रयोगको बली चढे निर्दोष बालक, बाँदरसँग हुर्काइएका बालकको दर्दनाक अन्त्य
काठमाडौं । एक बालकलाई उनका आफ्नै बाबुआमाले निकै अमानवीय अत्याचार गरे । यो एक प्रयोग थियो । प्रयोगका लागि उनलाई चिम्पान्जीसँग हुर्काइएको थियो । दुवैको अनौठो परिक्षण गरियो । जसको परिणामस्वरूप डोनाल्ड नामको यी बालकले अनौठो व्यवहार गर्न थाले।
उनले मानिसहरूलाई टोक्न थाले, चिम्पाजीजस्तै उफ्रन थाले र खाना खोस्न थाले। परीक्षण ९ महिनापछि रोकियो । तर त्यतिन्जेलसम्म डोनाल्डले मानिसभन्दा जनावरको जस्तै व्यवहार गरिरहेको स्पष्ट भइसकेको थियो । पछि उनको पीडादायी अन्त्य भयो ।
डेली स्टारको रिपोर्टका अनुसार यो अनौठो प्रयोग सन् १९३१ मा सुरु भएको थियो । डोनाल्डका बुबा विन्थ्रोप र आमा लुएला केलोग मनोवैज्ञानिक थिए। उनीहरूले एउटा बच्चा चिम्पान्जीलाई आफ्नो घरमा ल्याए। यसलाई गुआ नाम दिए। उनीहरूले गुआलाई आफ्नो छोरा डोनाल्डको बहिनी भने।
त्यसपछि यी दुवैसँग खतरनाक प्रयोग गर्न थालियो । यो परीक्षण पाँच वर्षसम्म जारी रहने निर्णय गरियो। दुवैलाई मानिस जस्तै र सँगै हुर्काइएको थियो । प्रयोगको उद्देश्य चिम्पान्जीले मानिसजस्तै व्यवहार गर्न सक्छ कि सक्दैन भन्ने पत्ता लगाउनु थियो। तर उल्टो भयो। जब परियोजना सुरु भयो, गुआ ७ महिनाको थियो र डोनाल्ड १० महिनाका थिए।
प्रयोग अन्तर्गत, चिम्पान्जी र डोनाल्डलाई समान व्यवहार गरिएको थियो। उनीहरूलाई केटाकेटीहरू जस्तै बोलाइयो, सँगै सुत्न लगाइयो, उस्तै खेलौनाहरू दिइयो, एउटै प्रकारको खाना दिइयो, एउटै लुगा लगाइयो।
उनीसँग गरिएका केही परीक्षणहरू अत्यन्त घातक थिए। एउटामा, उनीहरूलाई खेलौना कारमा सँगै बस्न लगाइयो र चारैतिर घुमाइयो। जसको भिडियो आज पनि भाइरल छ । यो प्रयोग त्यतिबेला रोकियो जब डोनाल्ड ठूलो स्वरले रुन थाले।
उनीहरुको खोपडीमा निस्कने आवाजमा के फरक हुन्छ भनी जान्नको लागि उनीहरुको टाउकोमा चम्चाले प्रहार गरिएको थियो । परीक्षणहरू दिनको १२ घण्टा, हप्ताको सात दिनको लागि निरन्तर सञ्चालन गरिएको थियो। त्यसपछि डोनाल्डका बुबाले सन् १९३३ सम्म यसबारे पुस्तक लेखेका थिए ।
प्रयोग मार्च २८, १९३२ मा रोकियो। त्यसपछि गुआलाई पुनःस्थापना प्रक्रिया मार्फत ओरेन्ज पार्क प्राइमेट कालोनीमा फिर्ता पठाइयो। बच्चा डोनाल्डले जनावर जस्तै व्यवहार गर्न थाले। डोनाल्डका आमाबाबुको १९७२ मा मृत्यु भयो। त्यसको एक वर्षपछि ४३ वर्षको उमेरमा डोनाल्डले पनि आत्महत्या गरे ।
Facebook Comment