नेटफ्लिक्स र टिभीमा एनिमल फिल्म रिलिज रोक्न माग, मुद्दा उच्च अदालत पुग्यो
काठमाडौं । बलिउड फिल्म ‘एनिमल’ को सह-निर्माता ‘सिने १ स्टुडियो’को याचिकामा दिल्ली उच्च अदालतले सुपर क्यासेट र नेटफ्लिक्सलाई समन जारी गरेको छ।
यस निवेदनमा फिल्मलाई डिजिटल स्ट्रिमिङ प्लेटफर्ममा रिलिज गर्न र स्याटेलाइट प्रसारणमा प्रतिबन्ध लगाउन माग गरिएको छ ।
सन्दीप रेड्डी वांगाद्वारा निर्देशित यो फिल्म डिसेम्बर १ मा सिनेमाघरमा रिलिज भएको थियो। यो फिल्म २६ जनवरीमा नेटफ्लिक्समा रिलिज गर्ने योजना थियो ।
उच्च अदालतले फिल्मका सह-निर्माता सुपर क्यासेट इन्डस्ट्रिज प्रालि र क्लुवर म्याक्स इन्टरटेनमेन्ट प्रालि (पहिले सोनी पिक्चर्स नेटवर्क लिमिटेड) र नेटफ्लिक्सलाई समन जारी गरेको छ।
फिल्मको स्याटेलाइट अधिकार क्लुवर म्याक्स इन्टरटेनमेन्टसँग छ ।
न्यायाधीश सञ्जीव नरुलाले यस मुद्दामा तीनै प्रतिवादीले अदालतमा शपथपत्र दिनुपर्ने बताएका छन् । उनीहरूको लिखित बयान मात्र रेकर्डमा लिइनेछ।
निवेदनमा सिने१ स्टुडियो प्राइभेट लिमिटेडले सम्झौता उल्लङ्घन भएको र ओटीटी र स्याटेलाइट अधिकारका लागि भएको सम्झौताबाट आफुलाई एक पैसासमेत नतिरेको आरोप लगाएको छ । जहाँ सुपर क्यासेटले सिने १ स्टुडियोलाई २.६ करोड रुपैयाँ तिरेको दाबी गरेको छ ।
Facebook Comment