चीनको हेनान प्रान्तको एक बालबालिकाको विद्यालयमा आगलागी हुँदा १३ जनाको मृत्यु

डिसी नेपाल
६ माघ २०८० १२:२७

काठमाडौं । मध्य चीनको हेनान प्रान्तको एक विद्यालयको छात्रावासमा भएको आगलागीमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । अस्पतालमा उपचाररत एक जनाको अवस्था अहिले स्थिर रहेको बताइएको छ ।

चीनको आधिकारिक समाचार एजेन्सी सिन्ह्वाले शुक्रबार राति हेनान प्रान्तको एउटा गाउँमा रहेको साना बालबालिकाको विद्यालयमा उक्त घटना भएको जनाएको छ ।

अङ्ग्रेजी दैनिक चाइना डेलीका अनुसार निजी संस्थाद्वारा सञ्चालित यो विद्यालय नर्सरी र प्राइमरी कक्षाका बालबालिकाका लागि हो ।

यस विद्यालयका सञ्चालकलाई नियन्त्रणमा लिएर यस विषयमा अनुसन्धान भइरहेको छ ।

यस आगलागीमा परी ज्यान गुमाउनेहरुको परिचय भने आधिकारिक माध्यमबाट खुल्न सकेको छैन र आगलागीको कारण पनि खुल्न सकेको छैन ।

सिन्ह्वाका अनुसार दमकललाई खबर गरेको एक घण्टाभित्र आगो निभाइएको थियो ।

चीनमा आगलागीका घटना बारम्बार हुने गरेका छन् । नोभेम्बर २६ मा साङ्सी प्रान्तको लुलियाङ सहरमा रहेको एउटा कार्यालयमा आगलागी हुँदा २६ जनाको मृत्यु भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *