सहकारी पीडितको पैसा सरकारले तिर्नुपर्छ : रवि लामिछाने

डिसी नेपाल
६ माघ २०८० १४:५७

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी पीडितहरुको पैसा सरकारले तिर्नुपर्ने बताएका छन्।

चितवनमा सहकारी पिडितहरुसंगको भेटघाट तथा अन्तरकृया कार्उयक्रममा उनले सहकारी खोल्न सरकारले लाईसेन्स दिने सहकारीका सदस्यहरु मर्का पर्दा सरकारले बेवास्ता गर्न नमिल्ने बताए।

सहारा सहकारीबाट ग्यालेक्सी टेलिभिजन संचालनको लागि पैसा लगेको कुरा आए पछि लामिछानेले चितवनका सहकारी पीडितहरुसंग भेट गरेका हुन्।

सभापति लामिछानेले आफु टेलिभिजनमा रहँदा कुनै पनि सहकारीबाट पैसा लिएको कुरा आफूलाई थाहा नभएको भन्दै सहकारी पीडितहरुको पक्षमा आफु रहेको बताए।

उनले टेलिभिजनमा रहँदा कार्यक्रम चलाउने समाचार बनाउने जिम्मेवारी पाएको मान्छे टेलिभिजनको लगानी गर्ने जिम्मेवरी तहमा नभएकाले टेलिभिजन संचालनको लागि कुनै पनि सहकारीबाट पैसा ल्याउने निर्णय पनि नभएको बताए।

उनले चितवनका सहकारी पीडितको मात्र सवाल नभइ देशैभरका सहकारी पडितहरुको पक्षमा काम गर्न डा स्वर्णीम वाग्लेको संयोजकत्वमा समाधान सहितको प्रतिबेदन तयार पारेको जानकारी दिए।

करिब २ सयको हाराहारीमा जम्मा भएका सहकारी पीडितहरुले सहकारीमा पैसा डुबेको कारण औषधी उपचार लगाएत खान समस्या भएको गुनासो गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *