निगमको सञ्चालन करार व्यवस्थापनबाट हुन्छ : पर्यटनमन्त्री

डिसी नेपाल
६ माघ २०८० १९:१२

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमको सञ्चालन करार व्यवस्थापनबाट हुने बताएका छन् ।

डोल्पो समाजको रजत जयन्ती एवं भवन उद्घाटनका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री किराँतीले निगम यहि व्यवस्थापनबाट नचल्ने भन्दै करार व्यवस्थापनबाट निगमलाई सञ्चालन गर्ने गरि अध्ययन कार्यदल बनाईने बताएका हुन् । यहि आर्थिक बर्षमा पर्यटक गौरवको क्षेत्रहरु पहिचान गरि घोषणा गर्ने, पर्यटनका सुत्रहरु निर्माण गर्नका लागि संस्कृति नीति तयार गर्ने र पर्यटन ऐन संशोधन गरिने उनले बताए ।

मन्त्री किराँतीले विमानस्थल सञ्चालन, व्यवस्थापन र निर्माणका लागि काठमाडौं लगाएत भैरहवा पोखराका साथै नयाँ बिमानस्थल निर्माण गर्ने कार्यका लागि पिपिपि मोडलमा जाने जिकिर गरे । यसका लागि अध्ययन समिति छिटै बनाउने उनको भनाइ छ । उनले १० वर्षमा ३५ लाख पर्यटन भित्राउन केहि न केहि जोखिम लिनै पर्ने उल्लेख गरे । यसअघि पर्यटनको योजना बनेपनि रोडम्याप नबनेकाले आफूले बनाउन खोजेको उनले बताए । त्यस्तै मन्त्रि किराँतीले अहिलेको संविधान अनुसार सबै धर्म संस्कृति बराबर भएकाले सवैले सवैको अस्तीत्वलाई मान्नुपर्ने बताए ।

उनले माथिल्लो डोल्पामा पर्यटक भित्राउन आधारभूत सूचना र वासस्थानको व्यवस्था गर्नुपर्ने बताए । कार्यक्रममा डोल्पो समाजका अध्यक्ष लगाएतका बिभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । डोल्पो समाज निमा रिन्पोछेद्वारा सन १९९७ मा स्थापना गरिएको थियो । राजधानीमा बसोबास गर्ने डोेल्पा समूदायहरुका लागि विभिन्न धार्मिक तथा सामाजिक कार्यहरु आयोजना गर्न गुम्वा र सामूदायिक हलहरुको आवश्यकता देखेर डोल्पो समाजको गुम्वा र सामूदायिक भवन निर्माण गरिएको निमा रिन्पोछेले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *