चेपाङ संरक्षण केन्द्रलाई साझा फूलवारी र कामना परिवारकाे सहयाेग
काठमाडौं। लायन्स क्लव अफ काठमाडौं साझा फूलवारी र कामना इन्टरनेशनल कलेजको सहकार्यमा गाम वेशी चेपाङ संरक्षण केन्द्र चितवनमा खाद्यान्न र स्टेसनरी वितरण गरिएको छ।
शिक्षामा सहयोग भन्ने लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एम तथा डिष्ट्रिक्ट गभर्नरको मुल नारा अनुसार लायन्स क्लव अफ काठमाडौं साझा फूलवारीले झण्डै १५० चेपाङग वालवालिकाहरुका लागी खाद्यान्न तथा स्टेशनरी वितरण गरेको छ।
क्लव अध्यक्ष कमलबहादुर खत्री, डिष्ट्रिक चिफ अफ एओजी हरि चन्द्र तिवारी, कामना फाउन्डेसनका अध्यक्ष तथा क्लवका पूर्व अध्यक्ष ईश्वर अर्याल, जोन चेयर पर्सन गणेशप्रसाद पन्त, समाजसेवी ध्रुव खनाल तथा चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपी किरणको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो।
क्लव साझा फूलवारी र कामना स्कुल परिवारलाई धन्यवाद दिँदै केन्द्रका अध्यक्ष केपी किरणले आफू र यस केन्द्र परिवार याे कार्यबाट निक्कै प्रभावित भएको बताए।
कार्यक्रममा क्लव अध्यक्ष कमलबहादुर खत्रीले यस्तो पवित्र कार्यका लागी चेपाङ संरक्षण केन्द्रका संरक्षक केपी किरणको प्रशंसा गरेका थिए। कामना फाउन्डेसनका अध्यक्ष तथा असिस्टेन्स चिफ एडभाइजर ईश्वर अर्यालले यस पवित्र र महान कार्यमा हातेमालो गर्न पाएकोमा गौरवान्वित भएको बताए।
काठमाडौं सानो भर्याङमा रहेको समाज सेवामा अग्रसर कामना फाउन्डेसनले कामना विद्यालय र कामना क्याम्पस संचालन गर्दै आएको छ।
Facebook Comment