सरकार बहुआयामिक रुपमा असफल : प्रदीप ज्ञवाली
चितवन। नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञावलीले बर्तमान सरकार बहुआयामिक रुपमा असफल भएको बताएका छन्। आइतबार चितवनको भरतपुरमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मुुलुकका सवै अंगहरु फेल भइसकेको र सरकार पूर्णरुपमा असफल भएको बताएका हुन्।
उनले बर्तमान सरकारबाट जनतामा नैराश्यता छाएको भन्दै एमाले हस्तक्षेपकारी भुमिका निर्वाहको लागि आन्दोलनमा जान लागेको बताए। उनले वर्तमान सरकारलाई जनताप्रतिको जवाफदेहिता र विश्वास नरहेको र सत्ता टिकाउन शक्ति केन्द्रहरुको भक्तिभाव गर्ने काममा लागिपरेको आरोप लगाए।
ज्ञवालीले भारतसँग हालै भएको सम्झौताले नेपाललाई दीर्घकालीन रुपमा असर पर्ने दाबी गरे। नेता ज्ञवलीले बचतकर्ताको पैसा हिनामिना गर्ने संचालकलाई कानूनी दायरामा ल्याउनुपर्नेमा जोड दिए। नेता ज्ञवालीले सहकारी पीडितहरुको पैसा सरकारले तिर्नुपर्छ भन्नु गैरजिम्मेवार कुरा भएको बताए।
Facebook Comment