गणतान्त्रिक मुलुकमा राजा भनेर गरिने सम्बोधन संविधानविपरीत : मन्त्री श्रेष्ठ

डिसी नेपाल
७ माघ २०८० १५:०६

काठमाडौं।  बागमती प्रदेशका आन्तरिक मालिमा तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले गणतान्त्रिक मुलुक नेपालमा कसैलाई राजा भनी लेख्ने/बोल्ने कार्य संविधानविपरीत भएको बताएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा मकवानपुरको हेटौँडामा आयोजना गर्न लागिएको कार्यक्रममा त्यससम्बन्धी ब्यानर लेखिएकाले उक्त ब्यानर हटाउन निर्देशन दिइएको श्रेष्ठले स्पष्ट पारे।

उनले भने, “राजा लेखेको ब्यानर सच्याएर पूर्वराजा लेखिएकामा त्यसलाई सकारात्मकरुपमा लिएको छु।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *