२४ वर्ष छोरीलाई बलात्कार गरेर ७ सन्तान जन्माउने पिता रिहा हुँदै, यस्तो छ उनको अपराध कथा
काठमाडौं । संसारमा कैयौं डरलाग्दो र क्रूर अपराधीहरू छन्, जसको अपराधको बारेमा थाहा पाउँदा मानिसहरू झस्किन्छन् । यस्तै एक अपराधी अस्ट्रियाको एमस्टेटनका जोसेफ फ्रिट्जल थिए, जसको जघन्य अपराधको चर्चा विश्वभर भएको थियो।
वास्तवमा, जोसेफ फ्रिट्जलले आफ्नी छोरी एलिजाबेथ फ्रिट्जललाई कुल २४ वर्ष कैदमा राखेर बलात्कार गरे। यस समयमा एलिजाबेथ आफ्नै बुबाका सात सन्तानकी आमा भइन्।
आफ्नी छोरीलाई २४ वर्षसम्म यौन दासी बनाएर यातना दिने जोसेफको पापको रहस्य २००९ मा खुल्यो र उनलाई आजीवन कारावासको सजाय भयो। तर रिपोर्टका अनुसार उनी अब ‘समाजका लागि खतरा नरहेको’ भन्दै १६ वर्षपछि जेलबाट रिहा हुन सक्नेछन् ।
जोसेफले आफ्नी छोरी एलिजाबेथलाई १८ वर्षदेखि ४२ वर्षको उमेरसम्म एउटा बेसमेन्टमा थुनेर राखे। हजारौं पटक बलात्कार गरेपछि उनले आफ्नै बुबाका ७ सन्तानलाई जन्म दिइन् ।
जोसेफले एलिजाबेथलाई ११ वर्षकी हुँदादेखि यौन दुर्व्यवहार गर्न थालेका थिए। उनलाई बेसमेन्टमा थुनेपछि उनले छोरीलाई बलात्कार गर्न थाले । कहिलेकाहीँ दिनमा धेरै पटक बलात्कार गर्थे ।
एलिजाबेथका तीन छोराछोरीलाई उनीसँगै कैदमा राखिएको थियो। एक बच्चा जन्मने क्रममा मरे । जोसेफले अन्य तीन छोराछोरीलाई आफ्नी पत्नीसँगै घरमा हुर्काउन थाले। उनले मानिसहरूलाई कसैले यी बच्चाहरूलाई आफ्नो घर बाहिर छोडेको बताउने गरेका थिए ।
उनले छोरीलाई मात्रै बलात्कार गरेनन्, अश्लील भिडियो पनि बनाए । कहिलेकाहीँ छोराछोरीको अगाडि बलात्कार गर्थे ।
फ्रिट्जलले एलिजाबेथ र उनका बच्चाहरूलाई बेसमेन्टमा धेरै दिनसम्म बिजुली बन्द गरेर यातना दिए। कसैले यहाँबाट निस्कन खोजेमा विद्युतीय झट्का दिने धम्की दिन्थे ।
जोसेफले एलिजाबेथलाई बन्दी बनाउनुभन्दा धेरै वर्ष अघि घर र बगैंचाको मुनि एउटा बेसमेन्ट निर्माण गर्न थालेका थिए। उनले आफ्नी १८ वर्षीया छोरी एलिजाबेथलाई अन्तिम ढोका फिट गर्न मद्दत गर्न आग्रह गरे।
छोरी बेसमेन्टमा पुग्ने बित्तिकै जोसेफले ईथरमा भिजेको कपडा उनको मुखमा राखे र तिनलाई बेसमेन्टमा थुनिदिए। एलिजाबेथ पहिले पनि एक पटक घरबाट भागेकी थिइन् र उनकी आमाले हराएको रिपोर्ट दर्ता गराएकी थिइन्।
त्यसैले समाजले फ्रिट्जलको कथालाई सजिलै पत्यायो जसमा उनले आफ्नी छोरी कुनै धार्मिक संस्थामा सामेल हुन भागेको बताए। यस कथालाई समर्थन गर्न, उनले एलिजाबेथलाई बेसमेन्टमा चिठीहरू लेख्न लगाएका थिए जसमा उनले भागेर धार्मिक संगठनमा सामेल हुने कुरा गरेकी थिइन् ।
सन् २००८ मा एलिजाबेथकी १९ वर्षीया छोरी कर्स्टन गम्भीर बिरामी भइन् । जोसेफले उनलाई अस्पताल पुर्याएपछि उनको अवस्था देखेर डाक्टरहरूलाई शंका लाग्यो। उनीहरूले प्रहरीलाई बोलाए ।
जब पुलिस आइपुग्यो र छोरीकी आमालाई बोलाउन भन्यो, जोसेफ एलिजाबेथलाई बाहिर लैजान बाध्य भए । उनले छोरीलाई प्रहरी समक्ष लगे ।
उनले एलिजाबेथलाई धम्की दिएर झूट बोल्न भनेका थिए। उनको अवस्था देखेर प्रहरीलाई पनि शंका लागेको थियो तर आफ्नो र छोराछोरीको ज्यानको डरले उनी केही बोल्न तयार भइनन् ।
प्रहरीले अपराधीलाई कारबाही गर्ने कुरा गरेर प्रोत्साहित गरेपछि उनले बोल्न थालिन् । उसको कथा सुनेर मानिसहरु आश्चर्यचकित भएका थिए ।
उनी र उनकी छोरीले २४ वर्षपछि पहिलो पटक सूर्यको किरण देखेको थाहा पाएपछि प्रहरी छक्क परे । यसपछि जोसेफ कानूनको कठघरामा परे र उनलाई आजीवन कारावासको सजाय सुनाइयो।
मेट्रो युकेले लेखेको छ ‘उनको सजायको सर्त अनुसार जोसेफ यस वर्ष प्यारोलका लागि योग्य हुनसक्छन् । उनको मनोचिकित्सक रिपोर्टका आधारमा उनी रिहा हुने सम्भावना छ किनकि उनको रिपोर्टले उनी अब खतरनाक छैनन् भनेको छ ।’
फ्रिट्जलका वकिल एस्ट्रिड वाग्नरले स्थानीय समाचार आउटलेट क्रोनेन जेइटुङलाई भने, “म उनको लागि सशर्त रिहाईको प्रक्रियामा छु।” मिररका अनुसार उनले भने, “यदि आवेदन स्वीकृत भयो भने, उनी घर जान सक्नेछन्।”
मिरर रिपोर्टका अनुसार, ‘एलिजाबेथ’ (सुनुवाइपछि दिइएको नयाँ नाम) अहिले आफ्ना छ जना बच्चाहरूसँग अस्ट्रियाको ग्रामीण इलाकाको अज्ञात गाउँमा बस्छिन्।
उनका सन्तानको उमेर अहिले १७ देखि ३१ वर्षको बीचमा छ । आघात हटाउन उनलाई खुला झ्याल र ढोका भएको कोठामा सुत्न लगाइन्छ र साप्ताहिक थेरापी सत्रहरू चलिरहेका छन्।
आउटलेटका अनुसार २००९ मा जेलबाट रिहा भएको एक वर्षपछि एलिजाबेथ थोमस वाग्नर नामक व्यक्तिसँग प्रेममा परिन् र अहिले उनीसँगै बस्छिन्।
Facebook Comment