कविता : ईश्वरको सृष्टि र मानिसको दृष्टि

शंकरप्रसाद रिजाल
८ माघ २०८० १२:०४

ईश्वरको सृष्टिमा हेर, हजार सुखसयल छ
यही मानवको दृष्टिमा, लाख दुःख र मौन छ
सृष्टिमा उसको मोह, छैन कसैको तुलना
यसैमा सबको माया, गढेको छ गर्भमा

सुख प्रेम कता कसको, दुःख स्वप्न भए सरी
मिलिक्क आइ फर्किन्छ, सपना झैं घरीघरी
सुखले दुःख ढापकए, दुःख देखिन्छ टाढा
यही सृष्टिमा हेर सुख दुःख मिल्छ सदा

ईश्वरको सृष्टिमा हेर पुरुष कसरी बन्यो
उही ईश्वरको सृष्टिमा प्रकृति कसरी बन्यो
सारा विश्व अटाउने, एउटा पृथ्वी लोकमा
आफू आकाश रोजी हिँड्ने अदृश्यको भेषमा

एक्लै आकाशमा हिँड्ने, डुल्ने उड्ने सबै थरी
देखिँदैनन् कोही केही ईश्वर, देख्ने उड्ने उनै चरी
आकाश छोरो पृथ्वीदेखि टाढा
हुँदैन भेट कैले मनदेखि टाढा

घोप्टी रहेछ उ मनको कल्पनामा
समाई हात खोजी हिँड्ने, पृथ्वीलाई तर्कनामा
खोजेर भेट्ने देखेर छुट्ने, यो सृष्टिको नियम कस्तो
ईश्वरको दृष्टिमा हेर हुँदैन मानिसको नियम जस्तो

जलेको मनको ज्वाला, कसले सक्छ निभाउन
कलिलो दिलको आगो, कसले सक्छ हटाउन
देखिन्न कुन हो शक्ति, कृष्ण भनु या राम
जपी जपी म थाकी सकें, उनै प्रभुको नाम

देखिन्न उनको काया, छायाँमात्र छ भेषमा
राजादेखि फकीरसम्म, धनिदेखि गरीबमा
सबै उनका अनुयायी छन, दुःखहर्ता भनिकन
दुःखी मनका दुखेकै छन् सुख दाता जपिकन

उज्यालो आउँछ हाँसी, अध्यारो आत्तिने गरि
ज्ञानी ज्ञानमा हाँस्छन्, भक्ति रुन्छिन् मरीमरी
ईश्वरको सृष्टिमा हेर हाँस्ने रुने सबै सधैं
भिल्लको देशमा हेर, ज्ञानी रुन्छन् सबै सधैं




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *