भागेका सैनिकलाई लिन आएको म्यानमारको विमान भारतीय सीमामा दुर्घटना
काठमाडौं । म्यानमारमा विद्रोहीको आक्रमणबाट जोगिएर भगेका सैनिकलाई लिन भारत आएको विमान मिजोरममा दुर्घटनाग्रस्त भएको छ । यो विमान मिजोरमको लेङपुई एयरपोर्टमा दुर्घटनामा परेको हो । अवतरण गर्ने क्रममा विमान धावनमार्गबाट चिप्लिएर खाल्डोमा खसेको थियो ।
जसका कारण दुई जना गम्भीर घाइते भएका छन् । जबकि अन्य १२ जना सामान्य घाइते भएका छन् ।
म्यानमारमा विद्रोही र म्यानमारको सेनाबीच भिडन्त भएको छ । विद्रोहीको आक्रमणबाट बच्न त्यहाँबाट करिब एक सय सैनिक भारतीय सीमामा रहेको मिजोरमको ल्वाङ्तलाई जिल्लामा भागेका थिए । यो विमान उनीहरुलाई फिर्ता लिन आएको थियो ।
म्यानमारका सयौं सैनिक दुई दिनअघि सीमा पार गरेर मिजोरमको ल्वांगतलाई जिल्लामा आएका थिए । किनभने तिनीहरूको शिविर अराकान आर्मी (एए) विद्रोहीहरूले कब्जा गरेका थिए। यो द्वन्द्व पश्चिमी म्यानमारको रखाइन राज्यको घटना हो।
पश्चिमी म्यानमारको अराकान आर्मी विद्रोहीले सात दिनअघि एउटा जिल्ला कब्जा गरेको दाबी गरेका थिए । यो भारतीय सीमा नजिक छ। गत वर्षको अक्टोबरदेखि म्यानमारको सेनाविरुद्ध जातीय विद्रोहीहरूले आक्रमण गर्ने क्रम बढ्दै गएको छ। अराकान आर्मीले चिन राज्यको पलेटवा सहर पनि कब्जा गरेको छ ।
Facebook Comment