इरान र पाकिस्तानले एकअर्कालाई आक्रमण गरेपछि कूटनीतिज्ञहरू पुनर्बहाली गर्न सहमत
काठमाडौं । पाकिस्तान र इरानबीच राजदूत पुनर्बहालीका लागि सहमति भएको छ । पाकिस्तानको विदेश मन्त्रालयले सोमबार सो जानकारी दिएको हो ।
गत हप्ता इरानले पाकिस्तानी भूभागमा मिसाइल र ड्रोन आक्रमण गरेको थियो । यसपछि पाकिस्तानले जवाफी कारबाही गर्दै इरानी भूमिमा मिसाइल हमला गरेको थियो ।
जसका कारण दुई देशबीचको सम्बन्धमा तनाव बढेको देखिएको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार, विदेश मन्त्रालयले एक विज्ञप्तिमा भन्यो – ‘इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानले पाकिस्तानी समकक्ष जलील अब्बास जिलानीको निमन्त्रणामा जनवरी २९ मा पाकिस्तानको भ्रमण गर्नेछन्।’
पाकिस्तानको बलुचिस्तान प्रान्तमा इरानले आक्रमण गरेपछि तनाव उत्पन्न भएको हो । इरानले पाकिस्तानको चरमपन्थी संगठन जैश अल-अदलको अड्डाहरूमा यी आक्रमणहरू गरेको बताएको छ।
यसपछि पाकिस्तानले इरानको सिस्तान बलुचिस्तान क्षेत्रमा आक्रमण गरेको थियो । यस आक्रमणमा नौ जनाको मृत्यु भएको थियो ।
विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “पाकिस्तान र इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्रीहरूबीच भएको फोन वार्तापछि दुवै पक्षले एकअर्काका देशका राजदूतहरूलाई पुनःबहाली गर्ने निर्णय गरेका छन्।”
चीनका विदेशमन्त्री सुन वेइडोङ मध्यस्थताका लागि पाकिस्तान गएका बेला यो घटनाक्रम भएको हो । चीनले सोमबार इरान र पाकिस्तानसँग आफ्नो मतभेद समाधान गर्न सम्पर्कमा रहेको बताएको छ ।
Facebook Comment