३१ लाख मूल्य बराबरको अवैध प्याज र खुद्रा सामान ट्रकसहित बरामद

डिसी नेपाल
१० माघ २०८० १५:०२

काठमाडौं। बाराको पथलैयाबाट ३१ लाख मूल्य बराबरको अवैध प्याज र खुद्रा सामानसहित सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुधबार मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र प्रहरी चौकी पथलैया बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा बारा जीतपुर सिमरा उप– महानगरपालिका–१ पथलैया चोकबाट अवैध सामानसहित सवारीसाधनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए।

उनका अनुसार वीरगञ्जबाट काठमाडौं र रौतहटबाट चितवन जाँदै गरेको सवारीसाधन चेकजाँच गर्दा विल विजकभन्दा बढी स्रोत खुलाउन नसकेको करिब ३१ लाख ६ हजार ३०६ रूपैयाँ बराबरको समानसहित सवारीसाधन नियन्त्रण लिएको हो।

नियन्त्रणमा लिएको सामनसहित ट्रक र पिकअपलाई आवश्यक कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय पथलैया बारा पठाइएको उनले जानकारी दिए।

उनका अनुसार  ना.३.ख.४५३० नम्बरको ट्रकमा २९ लाख ८२ हजार ३०६ रुपैयाँ बराबरको खुद्रा सामान, प्र.२–०३–००१ च।२३९४ नम्बरको पिकअपमा लोड गरिएको करिब १ लाख ४ हजार रुपैयाँ बराबरको अवैध २ हजार ६०० केजी प्याज र बा.प्र.–०३–००१ ख ०१८९ नम्बरको यात्रु बाहक बसमा लोड गरिएको २० हजार मूल्य बराबरको ४०० किलो प्याज प्रहरीले बरामद गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *