मणिपुरमा असम राइफल्सका सिपाहीले आफ्ना साथी सैनिकमाथि अन्धाधुन्ध गोली चलाए

डिसी नेपाल
११ माघ २०८० ११:४१

काठमाडौं । मणिपुरमा असम राइफल्सका एक सिपाहीले आफ्नै सहकर्मीमाथि गोली प्रहार गरेका छन् । यस हमलामा ६ सैनिक घाइते भएका छन् ।

मणिपुर प्रहरीले यस विषयमा एक विज्ञप्ति जारी गर्दै यो घटना मणिपुरमा जारी हिंसाभन्दा पूर्णतया फरक भएको र यसलाई हिंसासँग जोड्न नहुने बताएको छ ।

मणिपुर प्रहरीले भन्यो, “दक्षिणी मणिपुरमा भारत-म्यानमार सीमामा तैनाथ असम राइफल्सका सिपाहीले गोली चलाएका छन् ।”

“एक सिपाहीले आफ्नै सहकर्मीमाथि गोली चलाए र छ जना घाइते भए। यी घाइते सैनिकहरू मध्ये कोही पनि मणिपुरका होइनन्। त्यसपछि युवकले आफैलाई पनि गोली हाने ।” घाइते सबैको सैनिक अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ ।

पुलिसले आफ्नो बयानमा भनेको छ “मणिपुरको अवस्थालाई ध्यानमा राख्दै घटनाको बारेमा जानकारी दिइरहेका छौं ताकि पारदर्शिता कायम गर्न सकियोस् र कुनै पनि सम्भावित हल्लाहरूबाट बच्न सकियोस्। यो दुर्भाग्यपूर्ण घटनालाई कुनै पनि हिसाबले मणिपुर हिंसासँग जोड्नु हुँदैन।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *