कोलेस्टेरोल बढ्यो ? खान थाल्नुहोस् यी ५ चिज !

काठमाडौं। कोलेस्टेरोल शरीरका प्रत्येक कोषहरूमा पाइने नरम चिल्लो पदार्थ हो। यसको उत्पादन प्रमुख रूपमा कलेजोमा हुन्छ। स्वस्थ्य जीवनका लागि कोलेस्टेरोल आवश्यक हुन्छ । रगतमा पाइने बोसोलाई कोलेस्टेरोल भनिन्छ ।
यसले शरीरको प्रत्येक कोशिकालाई जिवित राख्न मद्दत गर्छ । ब्लड प्लाजमाद्वारा कोलेस्टेरोल शरीरको विभिन्न अंगमा पुग्छ । तर, कहिले काहीँ यसको मात्रा बढ्न सक्छ । जब रगतमा कोलेस्ट्रोलको मात्रा अधिक हुन्छ, त्यसले मुटुमा समस्या पैदा गर्ने खतरा रहन्छ ।
कोलेस्ट्रोल दुई प्रकारका हुन्छन्, राम्रो कोलेस्ट्रोल र खराब कोलेस्ट्रोल। कम घनत्व लिपोप्रोटिन (LDL) लाई खराब कोलेस्ट्रोल भनिन्छ। उच्च घनत्व लिपोप्रोटिन (HDL)लाई राम्रो कोलेस्ट्रोल भनिन्छ। शरीरमा खराब कोलेस्ट्रोलको मात्रा बढ्नु स्वास्थ्यका लागि खतरा हो । तौल बढ्नु, खुट्टामा लगातार दुख्नु, अत्याधिक पसिना आउनु, छालाको रङ परिवर्तन हुनु, छाती दुख्नु र पेट दुख्नु कोलेस्ट्रोल बढेको लक्षण हुन सक्छ। खराब खानपान, बिग्रिएको जीवनशैली र आनुवंशिक कारणले पनि कोलेस्ट्रोल बढाउने कारण रहेको छ ।
हाम्रो खानाले कोलेस्टेरोलको स्तरलाई प्रत्यक्ष असर गर्छ। कतिपय खानेकुराले कोलेस्टेरोल बढाउँछ भने कतिपयले कोलेस्टेरोललाई पनि नियन्त्रण गर्छ । खानपानमा केही स्वस्थकर परिवर्तन गरिएमा कोलेस्टेरोललाई नियन्त्रण गर्न सकिन्छ ।
आयुर्वेदिक विज्ञका अनुसार खराब कोलेस्ट्रोललाई नियन्त्रण गर्न स्वस्थ आहार र स्वस्थ जीवनशैली अपनाएमा यो समस्या सजिलै समाधान गर्न सकिन्छ । विज्ञहरुका अनुसार सामान्य खानेकुराको सेवनले कोलेस्ट्रोललाई सजिलै नियन्त्रण गर्न सकिन्छ ।
यी खानेकुरालो कोलेस्टेरोल नियन्त्रण गर्न सकिन्छः
ओट्स र जौं: ओट्समा बीटा-ग्लुकन हुन्छ, जुन एक प्रकारको घुलनशील फाइबर हो। यसले कोलेस्टेरोललाई छिटो नियन्त्रण गर्न मद्दत गर्छ। जौको सेवनले खराब कोलेस्ट्रोल घटाउन साबुन जस्तै काम गर्छ। यसले नसामा रहेको फोहोर सफा गर्छ । धेरै अनुसन्धानहरूमा यो प्रमाणित भएको छ कि बीटा ग्लुकानले नसाहरुबाट फोहोर सफा गर्न जादुई प्रभाव पार्छ। बिहानको खाजामा ओट्स र जौ खान सक्नुहुन्छ।
ओखर र बदाम: खराब कोलेस्ट्रोल नियन्त्रण गर्न ओखर र बदामको सेवन गर्नुहोस्। यी दुवै ड्राई फ्रुटमा मोनो र पोलीअनस्याचुरेटेड फ्याटी एसिड प्रशस्त मात्रामा पाइन्छ जसले कोलेस्ट्रोललाई नियन्त्रण गर्छ र मुटुको स्वास्थ्यमा सुधार गर्छ। बदामको सेवनले कोलेस्ट्रोललाई नियन्त्रण गर्छ र मुटुलाई स्वस्थ राख्छ। बिहानको ब्रेकफास्टमा नटहरू सेवन गर्न सक्नुहुन्छ। यी नटहरूलाई पानीमा भिजाएर खाँदा अझ प्रभावकारी हुन्छ।
हरियो चिया: हरियो चियाबाट दिनको सुरुवात गर्नुहोस्। ग्रीन टीमा एन्टिअक्सिडेन्ट र क्याटेचिन प्रशस्त मात्रामा पाइन्छ। यसले शरीरमा रहेको खराब कोलेस्ट्रोललाई कम गर्न मद्दत गर्छ । ग्रीन टीको सेवनले मुटुलाई स्वस्थ राख्छ । तपाईं दिनमा दुई कप ग्रीन टी पिउन सक्नुहुन्छ।
लसुन : लसुनमा एलिसिन नामक कम्पाउण्ड हुन्छ जसले खराब कोलेस्ट्रोल घटाउन मद्दत गर्छ । यसको सेवनले मुटु रोगको जोखिम कम हुन्छ । लसुनको नियमित सेवनले मुटुको सुरक्षा बढाउँछ । दिनमा दुईदेखि तीनवटा कोपिला खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।
सिमी: सिमी, दाल, चना र मटर पनि कोलेस्ट्रोल भएका हरुका लागि अति नै उपयोगी हुन्छ। यी बीन्समा प्रोटिन, फाइबर र मिनरल्स प्रशस्त मात्रामा पाइन्छ। यसको सेवनले कोलेस्ट्रोलको मात्रा नियन्त्रणमा रहन्छ । यदि तपाई कोलेस्ट्रोल नियन्त्रण गर्न चाहनुहुन्छ भने खानामा दाल, किडनी बीन्स र चनाको सेवन गर्नुहोस् ।
Facebook Comment