बानेश्वरमा गुड्दागुड्दैको बस भासियो (तस्वीरसहित)
![बानेश्वरमा गुड्दागुड्दैको बस भासियो (तस्वीरसहित)](https://www.dcnepal.com/wp-content/uploads/2024/01/418610695_1581043662647816_3904260712748885952_n.jpg)
काठमाडौं। नयाँबानेश्वरको सडकमा गुडिरहेको बस भासिएको छ। कोटेश्वरबाट रत्नपार्कतर्फ गइरहेको बा. ३ ख ३७६२ नम्बरको यात्रुवाहक बस गुड्दागुड्दै भासिएको हो । एभरेष्ट होटलको अगाडि सर्भिस लेनमा बस कोल्टो परेर भासिएको हो।
सर्भिस लेनतर्फको सडक भासिएर चक्का फसेपछि बस कोल्टे परेको छ । लगत्तै यात्रुहरु बाहिर निस्किएका थिए।
प्रतिक्रिया
Facebook Comment