स्वर्णिम वाग्लेलाई कार्यवाहक दिएर भारत गए रवि र डिपी अर्याल
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछाने भारत प्रस्थान गरेका छन्।
सभापति रवि लामिछाने दुई दिनसम्म भारतमा रहनेछन भने उनी १५ गते स्वदेश फर्कने छन् ।
सो भ्रमणको क्रममा भारतका नेपाली शुभेच्छुकले आयोजना गरेको कार्यक्रममा सभापति लामिछने सहभागी हुनेछन्। रास्वपा सभापति लामिछाने र उपसभापति डीपी अर्याल आज नयाँ दिल्ली प्रस्थान गरेका हुन्।
उनीहरूले आज नयाँ दिल्ली र भोलि हैदरवादमा आयोजित कार्यक्रममा सहभागी हुने केन्द्रीय सदस्य दीपक बोहराले जानकारी दिए।
माघ १३ र १४ गते भारतका बिभिन्न कार्यक्रममा रहने भएकाले उपसभापति डा. स्वर्णिम वाग्लेलाई पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी तोकिएको छ ।
प्रतिक्रिया
Facebook Comment