श्रीलंका क्रिकेट बोर्डमाथि लगाइएको प्रतिबन्ध तत्काल फुकुवा गर्ने आईसीसीको घोषणा
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले श्रीलंका क्रिकेट बोर्डमाथि लगाइएको प्रतिबन्ध तत्काल फुकुवा गरेको घोषणा गरेको छ ।
आईसीसीले एक विज्ञप्ति जारी गर्दै निलम्बनपछि श्रीलंकाको क्रिकेटको अवस्थामाथि नजर राखेको र अहिले बोर्डको पछिल्लो अवस्थाबाट सन्तुष्ट रहेको जनाएको छ ।
आईसीसीका अनुसार,श्रीलंका क्रिकेट बोर्डले अब आफ्नो सदस्यता दायित्व उल्लङ्घन गरेको छैन।
यसअघि नोभेम्बरमा भएको एकदिवसीय विश्वकपमा श्रीलंकाको प्रदर्शन खराब रह्यो । यही कारण सरकारले क्रिकेट बोर्ड विघटन गर्ने घोषणा गरेको थियो ।
क्रिकेट प्रशासनमा सरकारको यो हस्तक्षेपबाट आक्रोशित आईसीसीले नोभेम्बर १० मा श्रीलंका क्रिकेटको सदस्यता निलम्बन गर्ने निर्णय गरेको थियो ।
तर, आईसीसी बोर्डको गत नोभेम्बर २१ मा बसेको बैठकले श्रीलंकाको टोलीले द्विपक्षीय र आईसीसी प्रतियोगितामा अन्तर्राष्ट्रिय स्तरमा खेल्न सक्ने निर्णय गरेको थियो ।
तर श्रीलंकामा प्रस्तावित यू–१९ पुरुष क्रिकेट विश्वकप दक्षिण अफ्रिकामा सार्ने निर्णय भएको थियो ।
Facebook Comment