यू–१९ महिला साफ च्याम्पियनसिप खेल्न जाने नेपाली टिमको बिदाइ (भिडियो)
![यू–१९ महिला साफ च्याम्पियनसिप खेल्न जाने नेपाली टिमको बिदाइ (भिडियो)](https://www.dcnepal.com/wp-content/uploads/2024/01/y2mate.com-DANIEL-AKIN-YOURE-APPROVED-AT-AUTO-CITY_1080p.00_01_37_04.Still034.jpg)
काठमाडौं। बंगलादेशमा हुने यू–१९ महिला साफ च्याम्पियनसिप खेल्न जाने नेपाली टिमको बिदाइ गरिएको छ ।
सोमबार एन्फा कम्प्लेक्स सातदोवाटोमा एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङ लगाएत पदाधिकारीले नेपाली टोलीको विदाई गरेका हुन् । फेब्रुअरी २ देखि ढाकामा सुरु हुने प्रतियोगितामा ४ टिम छन् ।
राउण्ड रोबिन लिगपछि शीर्ष २ टिमले फाइनल खेल्ने छन् । एन्फाका अध्यक्ष नेम्बाङले नेपाली टिमले बंगलादेशमा राम्रो नजिता ल्याउने विश्वास गरे। प्रशिक्षकले सिकाएका कुरालाई खेलाडीहरुले मैदानमा प्रदर्शनमार्फत देखाउनुपर्ने उनको भनाई छ ।
नेपालले पहिलो खेल फेब्रुअरी २ मा वंगलादेश, फेब्रुअरी ४ मा भुटान र फेब्रुअरी ६ मा भारतसित खेल्ने तालिका छ ।
प्रतिक्रिया
Facebook Comment