एकअर्कामाथि मिसाइल आक्रमणपछि इरानका विदेशमन्त्री पाकिस्तान पुगे

डिसी नेपाल
१५ माघ २०८० १६:४३

काठमाडौं । इरानका विदेशमन्त्री हुसेन आमिर अब्दुल्लाहियान पाकिस्तान पुगेका छन् । उनी पाकिस्तानका विदेशमन्त्री जलील अब्बास जिलानीको निमन्त्रणामा इस्लामावाद पुगेका हुन् ।

भ्रमणका क्रममा विदेशमन्त्री अब्दुल्लाहियानले पाकिस्तानी विदेशमन्त्री जिलानीसँग द्विपक्षीय वार्ता गर्ने र प्रधानमन्त्री अनवारुल हक कक्कडसँग भेटवार्ता गर्ने छन् ।

इरानका विदेशमन्त्रीको यो भ्रमण यस्तो समयमा हुन लागेको हो जब दुवै देशले एकअर्काको सीमामा प्रवेश गरी मिसाइल हमला गरेका थिए ।

यसै महिना इरानले पाकिस्तानको बलुचिस्तान क्षेत्रमा मिसाइल प्रहार गरेको थियो । यस आक्रमणमा दुई बालबालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । इरानले सुन्नी चरमपन्थी समूह जैश अल-अदलका दुईवटा अखडालाई निशाना बनाएको बताएको छ।

यसपछि पाकिस्तानले पनि इरानमा मिसाइल प्रहार गरेको थियो । पाकिस्तानले इरानको सिस्तान बलुचिस्तान प्रान्तको पञ्जगुर क्षेत्रमा यस्तै हमला गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *