जाडो मौसममा हृदयघातको जोखिम कम गर्न अपनाउनुहोस् यी उपाय

काठमाडौं। देशका विभिन्न भागमा अत्यधिक चिसो बढेको छ । चिसोका कारण हाम्रो स्वास्थ्यमा पनि निकै गम्भीर असर पर्छ । जाडो मौसमले विशेष गरी दीर्घ रोगबाट पीडित मानिसहरूलाई धेरै नै असर गर्ने गर्दछ ।
चिसो मौसम हृदय रोगीहरुका लागि धेरै हानिकारक साबित हुन सक्छ किनकि उनीहरुले चिसोका कारण धेरै जटिलताहरुको सामना गर्नु पर्ने हुन्छ। जाडो याममा हृदयाघात र स्ट्रोक जस्ता घटना बढ्दै जाँदा मानिसको ज्यान समेत जान सक्छ । विज्ञहरूका अनुसार यस वर्ष जाडो सुरु भएसँगै हृदयघात र पक्षघातका बिरामी बढेका छन् ।
यस्तो अवस्थामा मुटु रोगीलाई सावधानी अपनाउन चिकित्सक र स्वास्थ्य विज्ञहरुले सुझाव दिइरहेका छन् । विशेषगरी उच्च रक्तचापका बिरामी र वृद्धवृद्धाहरूलाई जाडो मौसम सबैभन्दा बढी चुनौतीपूर्ण हुने गर्दछ ।
जाडोमा किन बढ्छ हृदयाघातको जोखिम ?:
चिसोका कारण धमनी र नसाहरू खुम्चिन थाल्छन्, जसले मुटुसँग सम्बन्धित जटिलताहरूको जोखिम बढाउने गर्दछ। वास्तवमा, कम तापक्रमका कारण रगत बाक्लो हुन थाल्छ र रगत जम्न थाल्छ। जसका कारण शरीरमा रक्तसञ्चार राम्रोसँग हुन सक्दैन र मुटुलाई काम गर्न गाह्रो हुन्छ ।
जाडोमा मुटु रोगीले गर्नुहोस यी कामः
बिपि नियन्त्रणमा राख्नुहोस्ः उच्च रक्तचाप भएका मानिसहरूलाई हृदयाघातको उच्च जोखिम हुन्छ। त्यसैले रक्तचाप नियन्त्रणमा राख्न खानपान, व्यायाम र तनावबाट बच्ने उपायहरू अपनाउनुपर्छ ।
खोप लगाउनुहोस्ः उच्च जोखिममा रहेका व्यक्तिहरूले पनि फ्लूको खोप लगाउनुपर्छ। स्वस्थ आहार, नियमित व्यायाम र तौल घटाउने जस्ता उपायहरू पनि अपनाउनुहोस्।
न्यानो लुगा लगाउनुहोस्ः जाडोमा अचानक मौसम परिवर्तन र चिसोबाट बच्न न्यानो र ऊनी कपडा लगाउनुहोस्। राती सुत्दा मोजा लगाउने र बिहान र साँझ घरबाट बाहिर ननिस्कने ।
यसबाहेक समयमै औषधि लिनुहोस् र नियमित स्वास्थ्य परीक्षण गराउनुहोस्। स्वास्थ्यमा कुनै परिवर्तन भएमा तुरुन्तै डाक्टरलाई सम्पर्क गर्नुहोस्।
Facebook Comment