माल्दिभ्सका नवनिर्वाचित राष्ट्रपति मुइज्जुविरुद्ध महाभियोग लगाउने तयारी
काठमाडौं । माल्दिभ्सको प्रमुख विपक्षी दल एमडीपीले राष्ट्रपति मोहम्मद मुइज्जुविरुद्ध महाभियोग प्रस्ताव ल्याउने तयारी गरेको छ ।
स्थानीय मिडिया आउटलेट सन इन्टरनेशनलको समाचार अनुसार महाभियोग प्रस्तावमा एमडीपीलाई पर्याप्त संख्यामा सांसदको समर्थन प्राप्त भएको छ । यसमा एमडीपीसँगै डेमोक्र्याट पनि छन् ।
एक एमडीपी सांसदले सन इन्टरनेशनललाई यो जानकारी दिए। तर, यो प्रस्ताव अहिलेसम्म आएको छैन । हालै माल्दिभ्सको संसदमा महाभियोग प्रस्ताव पेश गर्ने नियमलाई सरल बनाइएको छ ।
एमडीपी र डेमोक्र्याटका कुल ५६ सांसद छन् । जसमध्ये ४३ एमडीपी र १३ जना डेमोक्र्याटका छन् । संविधानअनुसार राष्ट्रपतिमाथि महाभियोग प्रस्ताव पारित गर्न जम्मा ५६ मत आवश्यक हुन्छ ।
संसदमा सभामुख र उपसभामुखविरुद्ध अविश्वासको प्रस्ताव आएको भोलिपल्टै राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने प्रस्तावको समर्थन जुटिरहेको छ । माल्दिभ्सको संसदमा सभामुख र उपसभामुख एमडीपीका हुन्।
एमडीपीले मुइज्जुको मन्त्रिपरिषद्मा चार सदस्यलाई समावेश गर्न रोकेपछि पछिल्लो विवाद सुरु भएको हो।
आइतबार संसदमा मतदानका क्रममा यो विषयलाई लिएर झडप समेत भएको थियो । यसका धेरै भिजुअलहरु सामाजिक सञ्जालमा पनि देखा परेका छन् । कतिपय सांसदले सभामुखको कुर्सीमा हर्न फुकेर विरोध गरेको पनि देखियो ।
Facebook Comment