सुरक्षा बलको क्याम्पमा माओवादी आक्रमण, तीन प्रहरीको मृत्यु

डिसी नेपाल
१७ माघ २०८० १३:०४

काठमाडौं । छत्तीसगढको माओवादी प्रभावित बिजापुर–सुकमा जिल्लाको सीमामा रहेको टेकुलगुडममा रहेको सुरक्षा बलको क्याम्पमा माओवादीले गरेको आक्रमणमा परी तीन प्रहरीको मृत्यु भएको छ । यस आक्रमणमा एक दर्जनभन्दा बढी प्रहरी घाइते भएका छन् ।

बस्तर प्रहरी प्रवक्ताका अनुसार प्रहरीले मंगलबार नै टेकुलगुडममा नयाँ शिविर स्थापना गरेको थियो। त्यसपछि सुरक्षा बल खोजी अभियानमा निस्कियो । शिविर नजिकैको खोजी अभियानका क्रममा शंकास्पद माओवादीले दिउँसो चौतर्फी आक्रमण गरेका थिए ।

केही घण्टासम्म चलेको यस भिडन्तमा ३ सैनिकको मृत्यु भएको थियो भने १४ सैनिक गम्भीर घाइते भएका थिए । घाइते सैनिकलाई उपचारका लागि जगदलपुर रिफर गरिएको छ । तीमध्ये धेरै सैनिकको अवस्था चिन्ताजनक रहेको छ ।

तेकुलगुडम त्यो क्षेत्र हो जहाँ २०२१ मा माओवादीसँग भिडन्तको ठूलो घटना भएको थियो, जसमा २३ सैनिक मारिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *