माल्दिभ्सका महान्यायाधिवक्ता हुसेन शमीममाथि आक्रमण
काठमाडौं । माल्दिभ्सका महान्यायाधिवक्ता हुसेन शमीम आक्रमणमा परी घाइते भएका छन् । शमीमलाई माल्दिभ्सको अघिल्लो सरकारले नियुक्त गरेको थियो।
स्थानीय सञ्चार माध्यम सन अनलाईनका अनुसार राजधानी मालेको सडकमा शमीममाथि आक्रमण भएको हो ।
प्रहरी प्रवक्ताले शमीममाथि आक्रमण भएको पुष्टि गर्दै उनको अहिले एडीके अस्पतालमा उपचार भइरहेको बताए ।
प्रवक्ताले भने, ‘प्रारम्भिक अनुसन्धान अनुसार उनीमाथि धारिलो हतियारले आक्रमण भएको होइन ।’
यसैबीच महान्यायाधिवक्ता शमीमको कार्यालयका प्रवक्ताले उनको अवस्था स्थिर रहेको जानकारी दिएका छन् ।
आक्रमणको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ ।
माल्दिभ्सको संसदमा तनाव छ र विपक्षी दलले राष्ट्रपति मोहम्मद मुइज्जुविरुद्ध महाभियोग प्रस्ताव ल्याउने तयारी गरेको बेला यो आक्रमण भएको हो ।
Facebook Comment