चन्दन भराटेश्वर महादेव मन्दिरमा संरचना निर्माण गर्न भारतीय दूतावाससँग सम्झौता

डिसी नेपाल
१९ माघ २०८० ७:०६

काठमाडाैं। चन्द्रागिरि नगरपालिका-६ मा अवस्थित ऐतिहासिक चन्दन भराटेश्वर महादेव मन्दिर क्षेत्रमा विभिन्न संरचना निर्माण कार्य गर्न तथा पूर्वाधार विकास गर्न बिहीबार चन्द्रागिरि नगरपालिका, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भारतीय राजदूतावास बीचमा त्रिपक्षीय सम्झौता भएको छ।

चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव महेन्द्र सापकोटा, भारतीय राजदूतावास काठमाडौंका काउन्सिलर डेभलमेन्ट पार्टनरशीप करुण बंशलले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आयोजित एक कार्यक्रम बीचमा सम्झौतामा हस्ताक्षर गरेका छन्।

चन्दन भराटेश्वर मन्दिर परिसरमा छात्रावास ब्लक, क्लब ब्लक, पठनपाठन ब्लक र सभाहल, भान्साघर ब्लक, सार्वजनिक शौचालय, छेकवार पर्खाललगायतका संरचना निर्माण गरिने सम्झौता पत्रमा उल्लेख छ।

यी कार्य सम्पन्न गर्न चन्द्रागिरि नगरपालिकाबाट तयार भएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा उल्लेखित कूल अनुमानित लागत कूल अनुमानित लागत चार करोड छत्तीस लाख नब्बे हजार तीन सय सन्तानब्बे रूपैयाँ भारत सरकारले स्वीकृत गरी परियोजना कार्यान्वयनका लागि सम्झौता भएको जनाइएको छ।

हस्ताक्षर समारोहमा चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उच्च पदस्थ कर्मचारीहरु बुढानिलकण्ठ मन्दिरमा महन्त स्वामी निगमानन्दकाेसहितको सहभागीता रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *