रुसी सेनामा भर्ति भएका नेपालीलाई सकुशल फिर्ता गर्न सरकार समक्ष आग्रह (भिडियो)
काठमाडौं। रुसी सेनामा भर्ति भएका नेपालीका परिवारहरुले सकुशल घर फिर्ताको वातावरण बनाइदिन सरकार समक्ष आग्रह गरेका छन् ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले रुसी सेनामा भर्ति भएका केहि आफन्तहरु वेपता भएको र केहिको अवस्था नाजुक रहेको भन्दै सकुशल घर फिर्ताको वातावरण सरकार समक्ष आग्रह गरेका हुन् । त्यस्तै रुसी सेनाबाट भागेर आएकाहरुले पनि नेपालीहरुको अवस्था निकै नाजुक रहेको बताएका छन् ।
युद्धमा नेपालीहरुलाई अग्रपङ्तीमा पठाउने र भाषा समेत नबुझेका कारण ज्यान जाने गरेको उनीहरुको भनाइ छ । रुसी सेनामा भर्ति भएरपनि नेपाल आउन सफल युवा सुमन राईले रुसी सेनामा रहदा तालिमबाटै नेपालीहरुमाथि अत्याचार हुने गरेको बताए । उनले अहिले पनि १४–१५ हजारको हाराहारीमा रुसी सेनामा रहेको र युद्धकाक्रममा धेरै नेपालीले ज्यान गुमाएको हुनसक्ने बताए । युद्धमा भएको हताहतीका बारेमा पनि रुसी सेनाका अधिकारीले लुकाउने गरेको उनको भनाइ छ ।
रुसी सेनामा भर्ति भएर नेपाल फर्किएका युवाहरुले वैदेशिक रोजगारीका लाग दुवई कतार लगाएतका देशमा गएका युवाहरु पनि उतैबाट रुसी सेनामा भर्ति हुन जाने गरेको बताएका छन् ।
Facebook Comment