अमेरिकामा लगातार भारतीय विद्यार्थीहरू मारिँदै
काठमाडौं । अमेरिकाको ओहायोमा एक भारतीय विद्यार्थी श्रेयस रेड्डीको मृत्यु भएको छ । यद्यपी मृत्यु कहाँ र कसरी भयो भन्ने बारे जानकारी आएको छैन ।
श्रेयसको मृत्युको बारेमा जानकारी दिँदै न्यूयोर्कस्थित भारतीय वाणिज्य दूतावासले भन्यो-श्रेयस रेड्डी बेनिगर व्यवसायको अध्ययन गरिरहेका थिए। उनको मृत्युको खबरले दुखित भएका छौं । यस विषयमा प्रहरी अनुसन्धान भईरहेको छ । मारिएका विद्यार्थीका अभिभावकलाई पनि सम्पर्क गरिएको छ ।
पछिल्लो एक महिनामा भारतीय विद्यार्थीको मृत्यु भएको यो चौथो घटना हो । यसअघि नील आचार्य, विवेक सैनी र अकुल धवनको निधन भएको थियो ।
धवनको शव २० जनवरी २०२४ मा युनिभर्सिटी अफ इलिनोइस अर्बाना श्याम्पेन बाहिर भेटिएको थियो। पोष्टमार्टम रिपोर्ट अनुसार चिसोका कारण उनको मृत्यु भएको हो । रिपोर्टमा अकुलको मृत्युको कारण हाइपोथर्मिया भएको बताइएको छ । यो एक अवस्था हो जसमा शरीरको तापक्रम सामान्य भन्दा कम हुन्छ।
अकुल धवन बेपत्ता भएको खबर आयो । यसपछि धवनका अभिभावकले विश्वविद्यालयमाथि लापरवाही गरेको आरोप लगाएका थिए ।
२८ जनवरीमा इन्डियाना राज्यमा भारतीय विद्यार्थी नील आचार्यको मृत्यु भएको थियो । प्रहरी अधिकारीहरुका अनुसार उनीहरुले जनवरी २८ मा बिहान ११:३० बजे पर्ड्यु विश्वविद्यालय क्याम्पसमा एक शव भेटिएको जानकारी पाएका थिए ।
त्यसपछि प्रहरीले नीलको मृत्यु भएको पुष्टि गरेको थियो । उनी १२ घण्टादेखि बेपत्ता थिए । उनकी आमा गौरी आचार्यले सामाजिक सञ्जालमा सो जानकारी दिएकी हुन् । उनको मृत्युको कारण पनि खुल्न सकेको छैन ।
करिब १५ दिनअघि अमेरिकी अर्को राज्य जर्जियामा भारतीय विद्यार्थी विवेक सैनीको हत्या भएको थियो । यस विषयमा आइतबार जानकारी आएको हो ।
फक्स न्युजका अनुसार २५ वर्षीय विद्यार्थी विवेकको टाउकोमा एक घरबारविहीन व्यक्तिले हथौडाले ५० पटक प्रहार गरेको थियो । विवेक फुड मार्टमा काम गर्थे । एक जना घरबारविहीन मानिस त्यो पसल बाहिर आउँथे।
विवेक र पसलका अन्य कर्मचारीहरूले यस घरबारविहीन व्यक्तिलाई बस्नको लागि ठाउँ दिएका थिए। उनी यहाँ बस्थे, तर जनवरी १६ मा विवेकले उनलाई ठाउँ खाली गर्न भनेपछि उनी रिसाए र विवेकको हत्या गरे ।
प्रहरीले अभियुक्तलाई आइतबार पक्राउ गरेको थियो । घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
Facebook Comment