अमेरिकी आक्रमणपछि इराकले दियो चेतावनी, भन्यो– नराम्रो परिणाम भोग्नुपर्नेछ
काठमाडौं । इराकले आफ्नो देशमा अमेरिकी आक्रमणपछि यस क्षेत्रमा गम्भीर परिणाम हुनसक्ने बताएको छ ।
अमेरिकाले गत आइतबार आफ्नो एउटा सैन्य आधार शिविरमा ड्रोन आक्रमण गरेपछि इराक र सिरियाविरुद्ध कारबाही गरेको हो ।
अमेरिकी सेनाले यस हमलामा इराक र सिरियामा ८५ वटा लक्ष्यलाई निशाना बनाएको छ ।
अमेरिकाले आफ्नो सैन्य शिविरमा भएको आक्रमणको लागि इरान समर्थित चरमपन्थीहरुको छाता संगठनलाई दोष दिएको छ ।
यस आक्रमणमा तीन अमेरिकी सैनिक मारिएका थिए । जहाँ अमेरिकाको जवाफी हमलामा कम्तीमा १६ इराकी नागरिकको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।
अमेरिकाले आफ्नो सेनाले इराक र सिरियामा रहेको इरान समर्थित मिलिशिया संगठनको स्थानमा आक्रमण गरेको बताएको छ ।
प्रतिक्रिया
Facebook Comment