इराक–सिरियामा अमेरिकी आक्रमणमा मृत्यु हुनेको संख्या ४० पुग्यो
काठमाडौं । अमेरिकाले इराक-सिरियामा इरान समर्थित लक्ष्यमा हवाई हमला गरेको छ । यस हमलामा ४० सर्वसाधारणको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । यस घटनाको जानकारी प्रधानमन्त्री मोहम्मद शिया अल-सुदानीको कार्यालयले दिएको छ।
एक विज्ञप्तिमा भनिएको छ – ‘आक्रमणहरू इराकको सार्वभौमसत्ता विरुद्ध नयाँ आक्रमणको रूपमा लिइएको छ।’ विज्ञप्तिमा यस आक्रमणको निन्दा गरिएको छ । साथै इराकी सरकारले वाशिंगटनसँग वार्ता गरिसकेको कुरालाई पनि अस्वीकार गरेको छ । त्यस्ता दाबीहरूलाई झुटो घोषित गरिएको छ।
विज्ञप्तिमा भनिएको छ – ‘यस क्षेत्रमा अमेरिकी नेतृत्वको सैन्य गठबन्धनको उपस्थितिले “इराकको सुरक्षा र स्थिरताका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय द्वन्द्वमा इराकलाई संलग्न गराउने खतरा छ।”
इराकी सरकारले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ – ‘धेरै अमेरिकी विमानहरूले आकाशत र अल-काइम क्षेत्रहरूमा बमबारी गरेका छन्, जसमा हाम्रा सुरक्षा बलहरू तैनाथ गरिएका क्षेत्रहरू र वरपरका नागरिक क्षेत्रहरू छन्। यस भीषण आक्रमणका कारण सर्वसाधारणसहित ४० जनाको ज्यान गएको छ भने २५ जना घाइते भएका छन् । यसका साथै आक्रमणबाट आवासीय भवन र नागरिकको सम्पत्तिमा पनि धेरै क्षति पुगेको छ ।’
Facebook Comment