नक्कली प्रमाणपत्रबाट डाक्टर बनेर ४३ वर्षसम्म बिरामीको उपचारमा संलग्न व्यक्ति पक्राउ
काठमाडौं । गुजरातमा एक व्यक्तिले नक्कली मार्कसिट पेश गरेर पहिले मेडिकलमा भर्ना भए, त्यसपछि एमबिबिएस पढे र त्यसपछि ४३ वर्षसम्म डाक्टर बनेर अभ्यास गरे ।
अहमदाबादका उत्पल अम्बुभाई पटेल १७ वर्षको उमेरमा नक्कली १२ पासको प्रमाणपत्रको आधारमा मेडिकल कलेजमा भर्ना हुन सफल भएका थिए । यसपछि उनले चिकित्साशास्त्र अध्ययन गरे र त्यसपछि करिब ४३ वर्षसम्म अभ्यास गरिरहे ।
मार्कसिट शंकास्पद देखिएपछि तत्कालीन डीनले उनलाई कारण देखाउ नोटिस जारी गरे पनि यसबीचमा उनी अर्को मेडिकल कलेजमा भर्ना हुन सफल भए ।
उत्पल अम्बुभाई पटेल र उनका सह-आरोपीहरू विरुद्ध आईपीसीको धारा ४२०, ४६८, ४७१, ३८० अन्तर्गत नक्कली प्रमाणपत्रहरू देखाएकोमा मुद्दा दर्ता गरिएको थियो।
यस मुद्दामा ९ मौखिक प्रमाण र ३९ वटा दस्तावेजी प्रमाणका आधारमा अभियुक्तले गलत मार्कसिट तयार गरी एमबिबिएसमा भर्ना गरेको अदालतले स्वीकार गरेको छ ।
अदालतले आफ्नो फैसलामा भन्यो, ‘अभियुक्तले भर्ना योग्यता नभए पनि अर्का योग्य विद्यार्थीलाई अवसरबाट वञ्चित गर्ने गम्भीर कार्य गरेको छ । यो समाज विरुद्धको कार्य हो । यस्तो घटना दोहोरिन नदिनु अदालतको कर्तव्य हो ।”
Facebook Comment