सर्लाहीमा दुर्घटनामा परि नापी कार्यालय प्रमुखसहित १० जना गम्भीर घाईते
काठमाडौं । सर्लाहीमा अहिले साँझ भएको सवारी दुर्घटनामा परि १० जना घाइते भएका छन ।
दुर्घटनामा नापी कार्यालय मलङगवा सर्लाहीका प्रमुख संजय मनान्धर सहित १० जना गम्भीर घाईते भएका हुन। घाइते सबैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
सदरमुकाम मलङगवा स्थित सरकारी अस्पतालमा समान्य उपचार पश्चात थप उपचारका लागि वीरगन्ज, जनकपुर र काठमाडौं रिफर गरिएको सर्लाही प्रहरीको जनाएको छ ।
घाईत हुनेहरुमा संजय मानन्धर, वैधनाथ राउत, अजय कुमार यादव, बैजु यादव, रामलाल साह, संजिव कुमार मण्डल, दिपेन्द्र यादव, विनोद घिमिरे, शाहिद अनवर रामबाबु राय रहेको प्रहरीले जनाएको छ ।
घाईते सबैजना नापी कार्यालय सर्लाहीका कर्मचारी रहेका छन् ।
प्रतिक्रिया
Facebook Comment