राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन दाङको जिल्ला अधिवेशन तयारी बैठक सम्पन्न
दाङ। राष्ट्रिय प्रजातन्त्र पार्टीको जनवर्गीय संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको जिल्ला अधिवेशन तयारी बैठक सम्पन्न भएको छ ।
युवा संगठनका केन्द्रीय सदस्य उमाकान्त भण्डारीको अध्यक्षता तथा राप्रपा जिल्ला अध्यक्ष किशोर कुमार न्यौपानेको प्रमुख आतिथ्यतामा आज घोराहीको पार्टी कार्यालयको सभाहलमा सम्पन्न भएको हो।
बैठक जिल्ला अधिवेशनको लागि उमाकान्त भण्डारीको संयोजकत्वमा तीन सदस्य अधिवेशन तयारी समिति गठन गरिएको छ । जसको संयोजकमा उमाकान्त भण्डारी सह संयोजकमा विजय दाहाल र सदस्यमा बिधान आचार्य रहेका छन्।
अधिवेशनमा जिल्ला भरिबाट १ सय ५० प्रतिनिधि सहभागी हुने छन् । सम्मेलन सम्पन्न गर्नका जिल्ला अध्यक्ष किशोर कुमार न्यौपानेको अध्यक्षतामा सल्लाहकार समिति र विभिन्न उपसमिति गठन गर्ने संयोजक उमाकान्त भण्डारीले जानकारी गराएका छन्। अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ।
राष्ट्रियता, संवैधानिक राजसंस्था, हिन्दूराष्ट्र, अखण्ड नेपाल र बहुदलीय प्रजातान्त्रिक मूल्य, मान्यता, आदर्श र उदारवादी सिद्धान्तप्रति प्रतिबद्ध भइ समग्र युवाको हकहित उत्थानको संरक्षण र सम्बर्द्धन गर्दै युवामा राजनीतिक नेतृत्व विकास गर्नको लागि युवावर्गको प्रतिनिधिमूलक संस्था रहेको भण्डारीले जानकारी गराएका छन्।
उनले युवाले नै युवाको समस्या समाधान गर्ने भएकोले दाङ जिल्लाका सवै तहमा युवा सगठनलाई शसक्त बनाएर अघि लैजाने बताएका छन्।
बैठकमा पार्टीका केन्द्रीय सदस्य , पूर्वकेन्द्रीय सदस्य लुम्वनी प्रदेशका पदाधिकारी तथा सदस्यहरु र जिल्ला क्षेत्र , प्रदेश नगरपालिकाका पदाधिकारी तथा सदस्यहरुको सहभागीता रहेको थियो।
Facebook Comment