जीवन र जगत

बंशीकुमार शर्मा
२४ माघ २०८० ११:०६

मानवता जागृत गराउनको लागि जीवन र जगत बुझ्न जरुरी छ। दर्शन भनेको कुनै पनि विषयवस्तुमा गरिने गहन चिन्तन वा दृष्य हो। जीवन जगतलाई आध्यात्मिक दृष्टिले चिन्तन गरिने शास्त्रलाई आध्यात्मिक दर्शन भनिन्छ।

वेदान्त दर्शन, बौद्ध दर्शन, पूर्वीय दर्शन, पश्चिमी दर्शन यी सबै दर्शनहरुमा आ-आफ्नो चिन्तनको व्याख्या गरेको पाइन्छ। बेदान्त दर्शनमा हिन्दुहरुले विश्व वस्तुलाई हेर्ने दृष्टिकोण हो जसलाई हिन्दू दर्शन या शास्त्र भनिन्छ।

त्यही शास्त्र अनुसार हिन्दू धर्मावलम्बीहरु आध्यात्मिक साधना गर्ने गर्दछन्। दृष्य भन्नाले अधिकारणार्थक सप्तमी विभक्तिको रुपमा बौद्धिक विश्वास वा आध्यात्मिक आस्था सम्बन्धी सिद्धान्त वा ग्रन्थ भन्ने बुझिन्छ।

जसमा अप्रत्यक्ष अलौकिक असाधारण एवं असमान्य सत्यको स्वरुप दर्शन हो। यसरी दर्शन शव्दले तत्व, ज्ञान वा सत्य-साधन सम्बन्धी विशिष्ट प्रक्रिया विधा एवं ग्रन्थ विशेषको बोध गराउँछ।

हिन्दू दर्शन अन्तर्गत मूलरुपमा न्यायवादी धार्मिक दर्शनहरु, बौद्धिक नैतिक दर्शनहरु र चार्वाकादि भौतिक दर्शनहरु पर्दछन्। यी सबै दर्शनहरुको बोज वैदिक वाङमयमा नीहित रहेको पाइन्छ। वेदहरुको सबैभन्दा पुरानो वेद ऋगवेद र अन्य वेदहरुमा हिन्दू दर्शनको विषयवस्तु वीज रुपमा यत्रतत्र छरिएका पाइन्छन्।

यस्तो दार्शनिक वीजलाई जानकारी गराउने श्रेय ब्राह्मण ग्रन्थलाई जान्छ र उक्त विद्याको स्पष्ट उपदेश गर्ने आरयण्क एवं उपनिषद् ग्रन्थहरुमा प्राप्त छ। त्यसैले ई.पू.१ हजार वर्षभन्दा अगावै दर्शन विद्याले वैदिक वाङमयको अध्ययन-अध्यापन एउटा विशिष्ट अंगकै रुपमा कार्य गर्दै आइरहेको पाइन्छ।

दर्शनको विषयवस्तु दृष्टिकोणलाई वैज्ञानिक एवं स्वतन्त्र रुपले प्रस्तुत गर्ने काम ई.पू.१ हजार वर्षसम्ममा स्पष्ट रुपले भइसकेको भए तापनि ई.पू.१ हजार वर्षपश्चात दर्शन विद्याले सूत्रबद्ध हुने र अन्त्यमा स्वतन्त्र शास्त्रको रुपमा लिएको पाइन्छ।

अक्षपाद गौतमको न्यायसूत्र, कणादको वैशिषिक सूत्र, कपिलको साख्य सूत्र, पतञ्जली योग सूत्र, जैमनिको मिमांश सूत्र र वादरायणको ब्रह्म सूत्रहरु वेदान्त सूत्रका वरदान हुन्। यी दर्शन सूत्रहरुलाई धर्मसूत्रहरु पूर्वकालिन र दर्शनसूत्रहरु उत्तरकालिन देखिन्छन् । धर्मशास्त्र र दर्शन शास्त्र स्वतन्त्र रुपले एउटै श्रोतका हुन्।

त्यस्तै गरी न्याय र वैशेषिक, सांख्य र योग, मीनांश र वेदान्त जस्ता धार्मिक दर्शनहरु, बौद्ध र जैन जस्ता नैतिक दर्शनहरु एवं चार्वक जस्ता भौतिक दर्शनहरुले ई.पू.अगाडि नै आ-आफ्नो स्वतन्त्र अस्तित्व र शास्त्रीय स्वरुप लिइसकेको पाइन्छ।

परवर्तीकालमा यीनै दर्शनहरु अनेक शाखा र प्रशाखाहरु, वैष्णव र स्र्मातहरु, शैव र शाक्तहरु, द्वैत र अद्वैतहरु, न्यूनयान र महायानहरु एवं दिगम्बर र स्वेताम्बरहरु जस्ता मत र मतान्तरहरुमा विकसित हुँदै हिन्दू धर्मावलम्बीहरुलाई प्रभावित एवं अनुशासित गरिरहेका छन्।

विश्व विद्यालयका पाठयपुस्तकमा  जीवन र जगतको बारेमा समावेश गर्न सक्ने हो भने अहिले मानवमा हराईरहेको मानवतालाई कायम गर्नकोलागि नैतिक शिक्षा जरुरी देखिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *