दीपेन्द्रसिंह ऐरी गल्फ जायन्टसबाट आइएल टी- २० खेल्ने

डिसी नेपाल
२५ माघ २०८० १४:११

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले यूएईमा जारी आइएल टी- २० प्रतियोगिता खेल्ने भएका छन्।

उनी गल्फ जायन्टसबाट आइएल टी- २० प्रतियोगिता खेल्न लागेको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ।

गत जनवरी १९ देखि युएईमा जारी आइएल टी-२० मा गल्फ जाइन्ट हाल तेस्रो स्थानमा रहेको छ ।  हाल ८ खेलमा ८ अंक रहेको गल्फ जाइन्टले अब लिग चरणमा २ खेल खेल्न बाँकी रहेको छ।

गल्फ जाइन्ट भारतको अदानी समुहकाे क्लब हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *