आयोजना समयमा नै सम्पन्न नहुँदा बाह्य ऋण बढ्यो : अर्थमन्त्री महत
काठमाडाैं। अर्थमन्त्री डा. प्रकाशशरण महतले आयोजनाहरु समयमा नै सम्पन्न नहुँदा बाह्य ऋण बढ्दै गएको बताएका छन्।
मेनेजमेन्ट एसोसिएसन अफ नेपालले शुक्रबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा मन्त्री महतले आयोजनाहरु ठिक ढंगले अघि नबढ्दा बाह्य ऋण बढ्दै गएको बताएका हुन्।
उनले पुँजीगत खर्चलाई अनुशासनमा ल्याउने काम गरेको, बहुबर्षीय ठेक्काको समस्या समाधान गर्ने गरि अघि बढेको जानकारी दिए। उनले उदारका साथ स्रोत र साधनलाई मध्यनजर नगरी सामाजिक सुरक्षाका क्षेत्रमा धेरै प्रतिवद्धता गरेको निश्चित दायित्व ठूलो हुन पुगेको बताए।
निश्चित दायित्व बढ्दा आन्तरिक स्रोत र साधनले सम्बोधन गर्न कठिन भएकाले आन्तरिक ऋण बढेको उहाले बताए। अर्थमन्त्री महतले लगानी क्षेत्रलाई बढाउनका लागि कानूनी सुधार लगाएत संरचनात्मक सुधारहरु लगानी सम्मेलन अघि नै गर्ने जनाए।
उनले आगामी जुनको तेश्रो हप्तामा विश्व बैंकको बैठक नेपालमा आयोजना गर्न सहमति जनाएको र अव त्यसको पनि तयारी गरिने जानकारी दिए।
Facebook Comment