बारम्बार पिसाब लाग्ने समस्या भए खानुहाेस् दैनिक एक मुट्ठी भुटेको चना!

काठमाडौं। चना प्रोटिन, फाइबर, लवण तथा भिटामिनहरुको राम्रो स्रोत हो। चनाले शरीरलाई स्वस्थ राख्न मद्धत गर्नुका साथै विभिन्न रोगहरुबाट पनि बचाउँदछ ।
हाम्रो भान्साम चनाको तरकारी खाजा जस्ता परिकारहरु पाक्ने गर्दछ। चनालाई कहिले काहि भुटुरे खाजाको रुपमा पनि खाइन्छ। धेरै मानिसहरूलाई भुटेको चना यति धेरै मन पर्छ कि तिनीहरूले यसलाई दिनमा धेरै पटक सेवन गर्छन्। यो कार्बोहाइड्रेट, प्रोटिन, फाइबर, क्याल्सियम, आइरन र भिटामिनको उत्कृष्ट स्रोत हो।
आउनुहोस् हामी तपाईलाई बताउँछौं कि भुटेको चनालाई आफ्नो आहारमा समावेश गर्दा तपाईको स्वास्थ्यको लागि के फाइदा हुन्छ।
भुटेको चना यी समस्यामा फाइदाजनक हुन्छः
-दैनिक भुटेको चना खाँदा तौल घट्छ र मोटोपना कम हुन्छ । यसले शरीरको अतिरिक्त बोसो पगाल्न मद्दत गर्छ।
-बारम्बार पिसाब लाग्ने समस्या भएका बिरामीले भुटेको चना हरेक दिन खानुपर्छ। साथै सक्खरसँग चना खाने गर्नाले पिसाबमा इन्फेक्सन देखापर्ने जोखिम कम हुन्छ ।
-भुटेको चनाले रगतमा ग्लुकोजको मात्रालाई नियन्त्रण गर्छ, जसले मधुमेहलाई नियन्त्रण गर्छ।
-दम र श्वासप्रश्वासको समस्या भएकाले भुटेको चना खाँदा दमबाट आराम मिल्छ ।
-भुटेको चना खाँदा रगत शुद्ध हुन्छ जसले छालालाई निखार्छ ।
-भुटेको चना खाँदा शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्छ, जसले बारम्बार बिरामी हुनबाट जोगाउँछ।
-क्याल्सियमको राम्रो स्रोत भएकाले यसले हड्डीलाई मजबुत बनाउँछ।
-महिलामा सेतो पानी बग्ने वा लिकोरियाको समस्यामा भुटेको चना खाँदा धेरै राहत मिल्छ।
-हरेक दिन भुटेको चना लामो समयसम्म खाँदा कुष्ठरोग निको हुन्छ ।
-एकदेखि दुई मुठी चना हरेक दिन खाने हो भने रगतमा चिनीको मात्रा नियन्त्रित अवस्थामा रहन्छ । डायबेटिज हुन पाउँदैन । भएको छ भने चनाले फाइदा पुर्याउँछ। ।
यस समयमा उपभोग गर्नुहोस्:
स्वास्थ्य विज्ञहरूका अनुसार स्वस्थ व्यक्तिले दैनिक ५० देखि ६० ग्राम भुटेको चना खानुपर्छ । भुटेको चना जुनसुकै बेला खान सकिन्छ । तर यदि तपाईंले यसलाई बिहान सेवन गर्नुभयो भने, यो तपाईंको स्वास्थ्यको लागि धेरै लाभदायक हुनेछ।
Facebook Comment