विश्वकप लिग-२ सुरू, पहिलो खेलमा नेपालले नामाबियासँग प्रतिस्पर्धा गर्ने

डिसी नेपाल
३ फागुन २०८० ६:२५

काठमाडौं। आइसीसी क्रिकेट विश्वकप लिग-२ को (२०२३-२०२७) को साइकलका सिरिज आजदेखि शुरु हुँदैछ।

२०२७ मा हुने क्रिकेट विश्वकपमा छनौटको प्रक्रिया अन्तर्गत आजदेखि काठमाडौँमा पहिलो सिरिज हुँदै छ।

आइसीसीले क्रिकेट विश्वकपमा छनौट हुन यस अघि (२०१९- २०२३) मा पनि यहि फर्म्याटमा प्रक्रिया शुरु गरेको थियो।

लिग-२ मा ८ देश खेलिरहेका छन्। जसमा नेपालसहित नेदरल्याण्डस, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन्। आइसीसीका अनुसार लिग-२ मा शिर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुने छन् भने पछाडि रहेका ४ देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन्।

क्रिकेट विश्वकप लिग-२ को २०२३-२०२७ साइकलको शुरुवात नेपालबाट हुँदै छ। आजदेखि काठमाडौँमा नेपालसहित नामिबिया र नेदरल्याण्डसले त्रिकोणीय सिरिजको शुरुवात गर्दै छन्।

आज पहिलो खेलमा नेपालको सामना नामिबियासँग टियु मैदानमा हुँदै छ। यो खेल नेपाली समय अनुसार बिहान ९: १५ बजेदेखि हुँदै छ।

नेपाल क्रिकेट संघ (क्यान) ले यस सिरिजका लागि घोषणा गरेको टिममा दुई परिवर्तन गर्दै आफ्नो टिम बुधबार सार्बजनिक गरेको छ।

क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका अनिल र देवलाई क्यानले लिग-२ खेल्ने टिममा समावेश गरेको हो। क्यानले रिजन ढकाल र अर्जुन साउदलाई बाहिर राखेर अनिल र देवलाई टिममा समावेश गरेको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले लिग- २ मा अलराउन्डर दीपेन्द्रसिंह ऐरी, करण केसी र गुलशन झा पनि टिममा फर्किने छन्।

लिग-२ को सिरिज खेल्ने नेपाली टिम-रोहित पौडेल (कप्तान), आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी र सूर्य तामाङ।

खेल तालिका:

फागुन ३ गते बिहीबार-नेपालविरुद्ध नामिबिया

फागुन ५ गते शनिबार- नेपालविरुद्ध नेदरल्यान्ड्स

फागुन ७ गते सोमबार- नामिबियाविरुद्ध नेदरल्यान्ड्स

फागुन ९ गते बुधबार- नेपालविरुद्ध नामिबिया

फागुन ११ गते शुक्रबार- नामिबियाविरुद्ध नेदरल्यान्ड्स

फागुन १३ गते आइतबार- नेपालविरुद्ध नेदरल्यान्ड्स




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *