आइडीएफ कमाण्ड मुख्यालयमा आक्रमणपछि इजरायलले लेबनानमा ‘ठूला हमला’ सुरु गर्‍यो

डिसी नेपाल
३ फागुन २०८० १५:०८

काठमाडौं । इजरायलको सेनाले आफ्ना लडाकु विमानहरूले लेबनानमा ‘ठूलो प्रतिकारात्मक हवाई हमला’ गरेको बताएको छ।

यसअघि, आइडीएफले लेबनानी पक्षमा इजरायलका धेरै लक्ष्यहरूमा मिसाइलहरू प्रहार गरिएको बताएको थियो। इजरायलका अनुसार लेबनानले गरेको आक्रमणमा इजरायली सेनाको बेसलाई पनि निशाना बनाइएको छ ।

इजरायलले आफूले आक्रमण गरेको लक्ष्यमा जवाफी हमला गरिएको दाबी गरेको छ । अनलाइन पोस्ट भइरहेका भिडियोमा लेबनानका धेरै ठाउँमा ठूला विस्फोटहरू देखिएका छन्।

इजरायली सेनाले लेबनानबाट भएको आक्रमणमा सफेदमा रहेको आफ्नो उत्तरी कमाण्डको मुख्यालयलाई निशाना बनाएको दाबी गरेको छ ।

इजरायल र हमासबीचको युद्ध सुरु भएदेखि नै लेबनानी सङ्गठन हिजबुल्लाहले इजरायलको उत्तरी सीमा नजिक लगातार हमला गर्दै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *