जय श्रीराम र नेपाल धाम

खगेन्द्रराज सिटौला
६ फागुन २०८० ७:५३

भारतको अयोध्यामा भव्य राम मन्दिर निर्माणाधीन अवस्थामा छ। तदारुकताको साथ निर्माणकर्मीहरु मन्दिरको काम सम्पन्न गर्न जुटिरहेका छन्। सबै निर्माण काम सम्पन्न गर्न अझै केही वर्ष लाग्ने अवस्था छ।

निर्माण काम सम्पन्न नभए पनि विशेष आध्यात्मिक पूजा विधि र अनुष्ठानको मन्त्र ध्वानीको गुञ्जनसँगै एक भव्य समारोहको बीचमा भारतका हिन्दुवादी प्रधानमन्त्री नरेन्द्र मोदीले गत माघ ८ गते तदनुसार जनवारी २२ का दिन रामको मुर्तिको प्राण प्रतिष्ठान गरे।

सो दिन भारत भित्र बाहिरका हिन्दुले जयश्री राम भन्दै उक्त प्राण प्रतिष्ठानको स्वागतमा आफ्नै तरिकाले जय मनाए। यो भारतभरका हिन्दुहरु अझ रामभक्तहरुको लागि त विशेष उल्लासको दिन थियो नै। भारत बाहिरका हिन्दुहरुको लागि पनि विशेष थियो नै। भारतीय जनता पार्टीका लागि त झन विशेष नै हुने नै भयो।

सन् १५२८ सम्म अयोध्यामा राममन्दिर थियो भनिएको छ। राममन्दिर भत्काएर मुसलमान शासक बाबरले बाबरी मज्जिद बनाए पछि त्यहाँ बिबाद हुन थालेको थियो। धार्मिक बिबाद अदालती बिबाद हुँदै राजनीति बिबाद समेत चरम उत्कर्षमा पुगेको थियो।

बाबरी मज्जिद कि राममन्दिरको बिबादमा हिन्दु मुस्लिमको बीचमा चर्को बिबाद र झडप पनि भएको थियो। यस्तै अनेक बिबादको वीचमा भारतमा हिन्दुत्वको नारामा भारतीय जनता पार्टीको स्थापना भएको थियो।

यो पार्टीले हिन्दुत्वको नाराको साथसाथै पुरानै स्थानमा राममन्दिर बनाउने मुलमुद्दा उरालेको थियो। यही उरालिएको जनमतले १९९२ सालमा बाबरी मज्जिद भत्काइदिएको थियो। यो मन्दिर भत्काए पछि यसको बिबाद निरुपण गर्ने अदालतको फैसलाको हातमा पुगेको थियो।

उता भारतीय जनता पार्टीले राममन्दिर बनाउने चुनावी घोषणपत्रमा राखेको थियो। भारतीय जनता पार्टीको माग र चाहनालाई अदालतले बल पुर्‍याइदियो।

अर्थात् त्यो भत्काइएको स्थानमा पहिला राममन्दिर थियो र त्यही स्थानमा राममन्दिर बनाउने पक्षमा फैसला दियो। बाबरी मज्जिद अर्कै ठाउँमा बनाउन भनेर आदेश पनि दिएको थियो अदालतले।

भारतमा आउने सालमा लोकसभाको चुनाव हुँदैछ। चुनावमा हिन्दु जनमतलाई प्रभाव पार्न पनि भारतीय जनता पार्टीलाई राममन्दिरको हतियार चाहिएको थियो। अयोध्यामा राममन्दिर बनाउने उसको प्राथामिक चुनावी मुद्दा थियो।

उसले मन्दिर त बनायो तर निर्माण सम्पन्न भइसकेको थिएन। अरु बाहिरी काम हुँदै गर्छ मूल गर्भगृहमा रामको मूर्ति राखेर प्राणप्रतिष्ठान गरेपछि भक्तजनहरुलाई राममन्दिरमा रामको दर्शन गर्न र पूजागर्न बाटो खोल्छ।

यसले भारतीय जनता पार्टीलाई चुनावमा राम नाम रामबाँण हुने विश्वासमा मन्दिर बनिनसके पनि उद्घाटन नभए पनि हतारमा राजनीति लाभको लोभमा प्राणप्रतिष्ठान गरेको सजिलै बुझ्न सकिन्छ। भारतीय जनता पार्टीको प्रमुख राजनीति मुद्दा मात्रै थिएन प्रतिष्ठाको मुद्दा पनि थियो। आध्यात्मिक वर्चस्वको सवाल पनि हो।

रामको नामबाट अर्थात् राममन्दिरबाट भारतीय जनता पार्टीले तीनकाम लिन चाहेको देखिन्छ। पहिलो हिन्दु मत एकोहो¥याएर आगामी चुनावमा बहुमत ल्याउने। दोस्रो हो जयश्री रामको नाराले भारतलाई हिन्दुको केन्द्र बनाउने।

तेस्रो हो अयोध्यायलाई खासगरी भारतलाई हिन्दुको केन्द्र र तीर्थस्थल बनाएर आध्यात्मिक पर्यटनमार्फत अर्थ आर्जन गर्ने गराउने। यसमा भारतीय जनता पार्टीका तत्कालीन र दीर्घकालीन स्पस्ट रणनीतिक योजना छन्।

भारत हिन्दु र बौद्ध धर्मको केन्द्र भारतलाई बनाउन चाहन्छ। यसको आधिकारिक नेता र तीर्थ भारतलाई बनाउन चाहन्छ। भारतले यसको अवरोधक मुलुक नेपाललाई देखेको छ। भारत नेपाललाई यो हुनबाट रोक्न सबैथोक गर्न चाहन्छ र गरिरहेको छ। यसमा अयोध्या राममन्दिर र जयश्री राम पनि छ।

हिन्दु धर्मको नेता भूमि को हो भन्ने भारत र नेपालको घोषित तथा अघोषित बिबाद लामो समयदेखि कायम छ। दुबैतिर हिन्दुका महत्वपूर्ण तीर्थ छन्। दुबैतिर हिन्दु धर्मसँग सम्बन्धित ग्रन्थहरु रचना गरिएका स्थान र कथाहरु छन्।

नेपाल भूमि किराँतेश्वर महादेव भूमि,वेद भूमि,बुद्ध भूमि,मुन्धुम भूमि अनेक देवी द्यौरालीको भूिम आफैमा धाम हो। उता जयश्री राम यता जय शम्भो, सीताराम नेपाल सबैको साझा धाम। नेपाल आफैंमा पवित्र धाम। धर्मनिरपेक्ष नेपालको एकता, आध्यात्मिक र आर्थिक शक्तिमाथिको वास्तवमा आफ्नो खुट्टामाथि आफै बन्चरो हो। आफ्नो शक्तिलाई आफैं क्षति हो।

हिन्दुका महत्वपूर्ण ग्रन्थहरु धेरै भारतको बनारसबाट याने काशीबाट छापिएका हुनाले, हिन्दु धर्म मान्ने धेरै जनसंख्या भारतमा भएकोले, भारतीयहरुको पहुँच संसारभर भएकोले, भारत नेपालभन्दा ठूलो देश,धेरै जनसंख्या भएको देश आर्थिक र विकासमा बलियो भएकोले स्वभाविक नै भारत विश्वभरका हिन्दुहरुको नेता देश भएको प्रत्यक्ष अप्रत्यक्ष घोषित अघोषित भारतको दाबी भइरहेको छ।

तर आध्यात्मको केन्द्र र शक्ति भूगोल, जनसंख्या विकास वा अन्य सूचांकले निर्धारण गर्दैन भन्ने यथार्थता बुझेर नै हिन्दुको नेता देश सर्वाधिक महत्वको तीर्थ देश नेपाल भएको निष्कर्ष निकालेर नै नेपालका राष्ट्रनिर्माताले नेपाल असली हिन्दुस्थाना रहेछ भनेर उद्घोष गरेका थिए।

विक्रम सम्वत् १८३१ मा पृथ्वीनारायण शाहले के आधारमा नेपाललाई असली हिन्दुस्थाना रहेछ भनेर उद्घोष गरेका होलान्? उनले यसमा थप व्याख्या गरेको छैनन् आधार र कारणहरु दिएका छैनन्। हामीले नै आधार र कारणहरु केलाएर पृथ्वीनारायणले देखेका आधार र कारणमा पुग्नुपर्ने हुन्छ।

पहिलो कारण हुनुपर्छ पृथ्वीनारायण शाह गोरखनाथ भक्त हुन्। गोरखनाथ पशुपतिनाथ एकै शिवजी हुन्। नेपाल शिवभूमि भएकोले शिवको शिर पशुपतिनाथ भएकोले र शिवजी सबै देवका पनि देव महादेव भएकोले शिव भूमि नेपाललाई पृथ्वीनारायणले असली हिन्दुस्थान रहेछ भनेको हुनुपर्छ।

दोस्रो वैदिक सनातनी हिन्दु धर्मसँग जोडिएका ग्रन्थ वेद आदि महत्वपूर्ण ग्रन्थ नेपालमा बसेर व्यास ऋषिले रचना गरेकोलाई आधारलाई मानेर पृथ्वीनारायणले नेपाललाई असली हिन्दुस्थाना रहेको भनेको हुनसक्छ।

पृथ्वीनारायण शाहको ससुराली भारतको बनासरसमेत भएकोले त्यो समयका उन्नत हतियार खरिद गर्न उनी बनारस गएका थिए। बनारसको बसाईमा उनलाई धेरै साधु सन्तबाट भारतको धार्मिक अवस्थाको जानकारी भएको थियो।

मुसलमान र क्रिश्चियन शासनबाट हिन्दुहरुको उत्पिडन उनले नजिकबाट हेर्न पाएका थिए। गोरखनाथको आशिर्वाद प्राप्त हिन्दुराजा पृथ्वीनारायणलाई यो क्षेत्रको पनि नेतृत्व दिएर हिन्दु धर्मको रक्षा गर्न धेरै साधु सन्तहरुले आग्रह गरेकोले पनि कसैबाट नबिटुलिएको नेपाल हिन्दु नेता राज्य रहेछ भन्ने निष्कर्ष पृथ्वीनारायणले निकालेर नेपाल असली हिन्दुस्थाना रहेछ भनेको हुनुपर्छ।

साथै उनले असली हिन्दुस्थाना जोगाउन योसँग निकट भएर जानसक्ने अन्य रैथाने ओमकार परिवार धर्महरु पनि जोगिनुपर्छ भन्ने मान्यता राखेका पृथ्वीनारायण शाहले आ-आफ्ना कुलधर्म नछोड भनेका थिए। साथै उनले ठानेको असली हिन्दुस्थाना जोगाउन खतरा देखेका पादरीहरुलाई निस्कासन समेत गरेको बुझ्न सकिन्छ।

पृथ्वीनारायणले बुझेको असली हिन्दुस्थानाको महत्व र शक्ति बुझेका उनका बंशज राजा महेन्द्रले नेपाललाई हिन्दुहरुको तीर्थ केन्द्र तथा नेता राज्य बनाउन नेपाललाई हिन्दुअधिराज्य घोषणा गरेर संविधानमा नै हिन्दुराज्य नेपाल लेखाएको बुझ्न सकिन्छ।

राजा महेन्द्रले हिन्दुराज्यको शक्ति र महत्व मात्र बुझेका थिएनन् ओमकार परिवारको अर्को महत्वपूर्ण धार्मिक सम्प्रदाय बौद्ध धर्मको महत्व र शक्ति बुझेका राजा महेन्द्रले नेपाललाई बौद्ध धर्मको प्रमुख तीर्थ र केन्द्र बनाउन उनले त्यतिकै प्राथमिकताको साथ जोड दिएको देखिन्छ।

उनले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गराएर बुद्ध जन्मभूमि लुम्बिनीलाई अन्तर्राष्ट्रियकरण गरेर बुद्ध जन्मभूमिको शक्ति नेपालको पक्षमा संस्थागत गरे। यो सम्मेलनले लुम्बिनीतिर अन्तर्राष्ट्रिय जगतको ध्यान तान्न सफल भएको थियो। यसले देखिन्छ राजा महेन्द्रले हिन्दु र बौद्धको तागत नेपालको पक्षमा खडा गरेका थिए।

राजा महेन्द्रको ध्यान जान नसकेको पाटो भनेको पृथ्वीनारायणले भनेको आ-आफ्नो कूलधर्म नछोडतिर हो। पृथ्वीनारायणले संकेत गरेका थिए असली हिन्दुस्थाना बचाउन अनेकका रैथाने कुलधर्महरुलाई पनि बचाउनु पर्छ।

रैथाने कुलधर्महरु पनि असली हिन्दुस्थानाको शक्ति हो। रैथाने कुलधर्महरुलाई पनि असली हिन्दुस्थानाले सँगै लिएर हिड्नु पर्छ र सँगै अगडि बढाउनु पर्छ। यसो भए यो कसैले हल्लाउन नसक्ने नेपालको आध्यत्मिक तागत हुन्छ भन्ने पृथ्वीनारायणले बुझेको तथ्यतिर महेन्द्रको ध्यान पुग्न नसकेको देखिन्छ।

कम्तिमा पनि राजा महेन्द्रले किराँत धर्मको मुन्धुमलाई असली हिन्दुस्थानासँगै हिँडाउन सकेको भए सुनमा सुगन्ध हुने थियो। किराँत सभ्यता मुन्धुम परम्परा पनि नेपालको शक्ति हो।

अनेक कमजोरीको बाबजुद राजा महेन्द्रले नेपाललाई हिन्दुअधिराज्य घोषणा गरेर संवैधानिक दर्जा दिएर पृथ्वीनारायण शाहले देखेको असली हिन्दुस्थान नेपाल नै हो को घोषणा नै गरेको हो। हिन्दुहरुको मूल केन्द्र मूल तीर्थ नेपाल नै भन्ने उद्घोष पनि हो।

नेपालको यो उद्घोष र हिन्दुराज्य नेपाल संसारभरका हिन्दुहरुको मूल तीर्थ राज्य वा केन्द्र भएको भारतलाई भित्रैदेखि मन परेको थिएन नै। यो हिन्दुको वर्चस्वको सवाल पनि हो नेतृत्वको सवाल पनि हो।

भारत जनसंख्यामा धेरै हिन्दु धर्मावलम्बी भएको मुलुक भए पनि नेपाललाई हिन्दुअधिराज्य र राजालाई एकमात्र हिन्दुअधिराज्यका हिन्दु राष्ट्राध्यक्षको रुपमा सम्मान दिनु पर्दा हिन्दुराज्य घोषणा गर्न नसकेको भारतलाई कताकता हिनताबोध हुनु स्वभाविक नै थियो। पृथ्वीनारायणको असली हिन्दुस्थाना नेपाल रहेछ भन्नुको तात्पार्य हिन्दुस्थान भनेको भारत होइन नेपाल बुझिन्छ भनेको न हो।

नेपालको हिन्दुअधिराज्यको ताज खोस्न भारत चाहन्थ्यो नै। तर उ एकलैले गर्न अझ खुलेर गर्न उ पनि असमर्थ थियो। भारत नेपालबाट हिन्दुको वर्चस्व खोस्न चाहन्थ्यो भने पश्चिमा पनि नेपालको राजसंस्था र हिन्दुअधिराज्य क्रिश्चियनकरणको अवरोध ठान्दथ्यो।

दुबैको समान स्वार्थ मिलेपछि धर्म इश्वरमा विश्वास हुँदैन भन्ने सिद्धान्तका भौतिकवादी कम्युनिष्ट आवरणमा परिस्थिति बनाएर उनीहरुले आ-आफ्नो रणनीतिक स्वार्थ पूरा गराएका हुन् नेपालबाट राजसंस्था र हिन्दु अधिराज्य सहितको संविधान हटाउने परिस्थिति बनाएर।

धर्म निरपेक्ष र गणतन्त्रको नारा कम्युनिष्टमार्फत उराल्न लगाए, काङ्ग्रेसलाई प्राविधिक नेतृत्व दिन लगाए सेनालाइ पनि मिलाए आफ्नो पर्दा भित्रको रणनीतिलाई कार्यन्वयन तहमा ल्याए। सार यही हो।

अर्को विश्वको ठूलो जनसंख्यामा फैलिएको शान्ति र अहिंसाको पर्याय र पहिचान बनाएको यो धारको नेता धर्म बुुद्ध धर्मका प्रवर्तक सिद्धार्थ गौतम बुद्धको जन्मभूमि नेपालको लुम्बिनी हो भन्नुपर्दा भारतको छाती पोलेर आउँछ।

यो पनि बुद्ध धर्मको पवित्र तीर्थ स्थल नेपाल हो कि भारत हो को सवाल हो र बुुद्ध धर्म र धार्मिक स्थल माथिको बर्चस्वको सवाल हो। त्यसैले यो माथि आफ्नो वर्चस्व कायम गराउन बुद्धको जन्मभूमि भारत हो भगवान् बुद्ध भारतमा जन्मिएका हुन् भनेर झुटो विवरण संसारभर नियतबस आफ्नो पहुँच र शक्तिको दुरुपयोग गर्दै प्रचारित, प्रकाशित, प्रसारित गरेको र गरिरहेको छ भारत। भारतको झुटो प्रचारलाई रोक्न र खण्डन गर्न नेपालले पनि पर्याप्त काम गर्न सकेको छैन।

नेपालले देवका पनि देव महादेवको शक्ति पशुपतिनाथ र भगवान् गौतम बुद्धको जन्मभूमि को आध्यत्मिक र आर्थिक महत्व र शक्ति बुझ्न सकेमा यो आफैंमा नेपालको शक्ति हुनेछ। बुद्ध जन्मभूभि लुम्बिनीको गाथा गाउँदै जय श्रीराम सीताराम भन्दै जय शम्भु हरहर महादेव भन्दै पशुपति नाथमा शंख घण्टा जोडले बजाउँदै जय जय काली जय जय गोरखको स्वर नेपाली ओमकारहरुले जति ठूलौ स्वरले गुञ्जाउँछन् यो आफैमा नेपालको शक्ति ध्वानी हुनेछ।

यसरी एकतिर भारत नेपालबाट बुुद्धको जन्मभूमि र बौद्ध धर्मकोसमेत ताज र बर्चस्व खोस्न झुटोमुठो अनेक प्रयाश गरिरहेको छ भने धर्मनिरपेक्षको अनुकूलताको दुरुपयोग गर्दै बौध्द धर्मको नेपालबाट अस्तित्व नै समाप्त गर्न भनेर क्रिश्चियनहरु बौद्ध धर्मवालम्बीमाथि धावा बोलिरहेका छन्।

धेरै बौद्ध धर्मवालम्बीहरु बौद्धधर्म छोड्दै क्रिश्चियन धर्म अप्नाउने क्रम तीब्र रुपमा बढिरहनु बुद्ध जनमभूमि नेपालको लागि चिन्ताको विषय हो।
नेपाल र भारत हिन्दु र बुद्ध धर्मले जोडिएका भए पनि यी दुबै अलग र स्वतन्त्र मुलुक हुन् र दुबैको आ-आफ्नो राष्ट्रिय स्वार्थ पनि छ।

धार्मिक स्थल र बर्चस्वको स्वार्थ मात्रै हुँदैन आर्थिक स्वार्थ पनि उभिएको हुन्छ। धर्मलाई कसरी आर्थिक विकासको सेवामा लगाउने भन्ने दाउपेच पनि हुन्छ। भारत चाहन्छ कि विश्वभरका हिन्दुहररु जय श्रीराम भन्दै भारतको अयोध्याको राममन्दिरको भ्रमण गरुन्। सीताराम पनि नभनुन्।

रामभक्त हिन्दुहरुले सक्दो धेरै भेटि चढाएर राममन्दिरलाई धनी बनाउन्। संसारभरका हिन्दु पर्यटकहरु भारत आएर धार्मिक पर्यटन मार्फत भारतको पर्यटन उद्योग र भारतको अर्थतन्त्र बलियो बनाउन्।

साथै भारतलाई हिन्दुको केन्द्र, तीर्थ र हिन्दु धर्मको आधिकारिक नेता मुलुक बनाएर यसको गरिमा उचो बनाउन्। भारत चाहन्छ कि नेपालका सबै हिन्दुहरु भारतका हिन्दुको नीति र निर्देशनमा चलुन्। भारतलाई सबै किसिमले नेता मान्नेहरुको नेतृत्वामा हिन्दु राष्ट्र बनाउन लागुन्।

त्यसरी नै भारत बुद्धको जन्मभूमि पनि भारतमा नै भएको झुटो प्रचार गरेर हुन्छ कि भारतमा नक्कली लुम्बिनी बनएर हुन्छ संसारभरका बौद्ध धर्मावलम्बिहरु भारतको गया र आसपासको भ्रमण गरेर भारतको पर्यटन उद्योग र अर्थतन्त्रलाई बलियो बनाउन योगदान् गरुन्।

भारतको यही निहीत स्वार्थको कारणले विश्वभरका बौद्धमार्गीहरुले नेपालको भ्रमण नगरुन् भनेर नेपालको भैरवहवामा निर्मित गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थललाई भारतले छोटो हवाई मार्ग नदिएको सजिलै बुभ्न सकिन्छ।

आध्यात्ममा धेरै मान्छेहरु जोडिएका हुन्छन्। जहाँ धेरै मान्छे जोडिएका हुन्छन् त्यो आफैंमा शक्ति हुन्छ। यही यथार्थतालाई बुझेर नै राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले नेपाललाई असली हिन्दुस्थाना रहेछ भनेर उद्घोष गरेको र राजा महेन्द्रले यो उद्घोषलाई व्यवहारमा उतार्नलाई नेपाललाई हिन्दुअधिराज्य बनाएको सजिलै बुझ्नसकिन्छ।

त्यसरी नै भारत र पश्चिमाको साझा रणनीतिक स्वार्थको लागि नेपाललाई धर्मनिरपेक्ष बनाएर हिन्दु अधिराज्य विस्थापित गराउन नेपालका दल तथा नेताहरुमा उनीहरुले खुला तथा गुप्त प्रभाव कसरी प्रयोग गरे भन्ने पनि सजिलै बुझ्नसकिन्छ।

नेपालले देवका पनि देव महादेवको शक्ति पशुपतिनाथ र भगवान् गौतम बुद्धको जन्मभूमि को आध्यत्मिक र आर्थिक महत्व र शक्ति बुझ्न सकेमा यो आफैंमा नेपालको शक्ति हुनेछ।

बुद्ध जन्मभूभि लुम्बिनीको गाथा गाउँदै जय श्रीराम सीताराम भन्दै जय शम्भु हरहर महादेव भन्दै पशुपति नाथमा शंख घण्टा जोडले बजाउँदै जय जय काली जय जय गोरखको स्वर नेपाली ओमकारहरुले जति ठूलौ स्वरले गुञ्जाउँछन् यो आफैमा नेपालको शक्ति ध्वानी हुनेछ।

नेपाल भूमि किराँतेश्वर महादेव भूमि,वेद भूमि,बुद्ध भूमि,मुन्धुम भूमि अनेक देवी द्यौरालीको भूिम आफैमा धाम हो। उता जयश्री राम यता जय शम्भो, सीताराम नेपाल सबैको साझा धाम। नेपाल आफैमा पवित्र धाम।

धर्मनिरपेक्ष नेपालको एकता, आध्यात्मिक र आर्थिक शक्तिमाथिको वास्तवमा आफ्नो खुट्टामाथि आफै बन्चरो हो। आफ्नो शक्तिलाई आफैं क्षति हो। सबैलाई चेतना भया।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *