सगुन एपको ‘लाइभ सेलिब्रेसन’बाट बेलडाँगी शरणार्थी शिविरका बालबालिकालाई थुप्रै उपहार
काठमाडौं । आइतबार बिहानै झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा रहेको प्रारम्भिक बालबिकास केन्द्रका बालबालिकाको मुहारमा खुसीयाली छायो । सामूहिक जन्मदिन मनाइरहेका यी बालबालिकाले जन्मदिनको अवसरमा अप्रत्याशित रुपमा धेरै उपहारहरु पाएका थिए ।
फेब्रुअरी महिनामा जन्मदिन भएका बालविकास केन्द्रमा अध्ययनरत बालबालिकाहरुको सामूहिक जन्मदिन मनाउने कार्यक्रम थियो । ग्लोबल भुटानिज अर्गनाइजेशनको आयोजनामा भएको यो कार्यक्रम सगुन एपको ‘लाइभ सेलिब्रेसन’मार्फत अनलाइनमा प्रत्यक्ष प्रसारण गरिएको थियो । प्रत्यक्ष प्रसारण हेर्नेहरुले अनलाइनबाटै बालबालिकाको लागि उपहार पठाएका थिए ।
लाइभ स्ट्रिमिङ हेर्नेहरुमध्येबाट ६० भन्दा बढीको संख्यामा उपहारहरु प्राप्त भएको सगुनकी प्रतिनिधि मुना बस्नेतले जानकारी दिएकी छिन् । बस्नेतले सगुनका तर्फबाट यस्ता लाइभ सेलिब्रेसन कार्यक्रमहरु प्रत्यक्ष प्रसारण गर्ने जिम्मेवारी सम्हाल्दै आएकी छिन् ।
बालबालिकाहरुले लाइभ स्ट्रिमिङ हेर्ने दर्शकहरुबाट डेस्कटप कम्इुटर, नयाँ शैक्षिक सत्रको लागि पाठ्यपुस्तकका सेटहरु, स्टेशनरी सामग्रीहरु, स्कुल ब्याग लगायत थुप्रै उपहार प्राप्त गरेका छन् । बालबालिकाहरुलाई यी उपहारहरु दिन चाहनेहरुका लागि सगुन एपले सहज प्लेटफर्म उपलब्ध गराइदिएको थियो ।
सगुनका संस्थापक तथा सीइओ गोविन्द गिरीका अनुसार यो एक सामाजिक संजाल प्लेटफर्म हो जसले मानिसहरुका लागि भावनात्मक पलहरु अनलाइनमार्फत बाँड्ने मात्र नभइ आफ्ना इच्छाहरु अभिव्यक्त गर्ने र कसैले ती चाहनाहरु पूरा गरिदिने इच्छा भएमा त्यसका लागि समेत सहज वातावरण उपलब्ध गराउँछ ।
सगुन एपमा लाइभ सेलिब्रेसन चलिरहँदा मानिसहरुले यो एपमार्फत आफ्ना ‘विश लिस्ट’ अर्थात चाहनाहरु अभिव्यक्त गर्न पाउँछन् । यदि लाइभ हेर्ने कसैलाई उनीहरुलाई सहयोग गर्न इच्छा भएमा उनीहरुले एपमार्फत नै ती मानिसहरुलाई सहयोग गर्न सक्ले प्लेटफर्म सगुनले तयार गरिदिएको छ ।
बेलडाँगीमा भएको कार्यक्रममा बालबालिकाहरुले विभिन्न सांस्कृतिक प्रस्तुतीहरुसमेत दिएका थिए जसलाई अनलाइन एपमार्फत विश्वभर छरिएका मानिसहरुले हेरेका थिए । बालबालिकाहरुको संस्कृतिक प्रस्तुतीपछि फेब्रुअरी महिनामा जन्मदिन परेका बालबालिकाको जन्मदिन मनाउँदै केक काटेर कार्यक्रम समापन गरिएको थियो ।
ग्लोबल भुटानिज अर्गनाइजेसनको परोपकारी काममा सहयोग गर्न चाहनेहरूले यहाँ क्लिक गरेर संस्थाको वेबसाइटमा गइ सहयोग गर्न सक्नेछन् ।
सगुनको लाइभ सेलिब्रेसन कार्यक्रममार्फत गैर नाफामूलक सहयोग जुटाउन चाहने संस्थाहरूले सगुनको एनजीओ प्रोजेक्ट म्यानेजर मुना बस्नेतसँग muna.basnet@sagoon.com वा सम्पर्क नम्बर ९८०१९८१६०२ मा सम्पर्क गरेर कार्यक्रम गर्न सक्नेछन् ।
Facebook Comment