एलेक्सी नाभाल्नीको शव परिवारलाई कहिले हस्तान्तरण गरिन्छ ?

डिसी नेपाल
६ फागुन २०८० १५:०३

काठमाडौं । रुसी अन्वेषकहरूले अनुसन्धान पूरा नभएसम्म एलेक्सी नभाल्नीको शव परिवारलाई हस्तान्तरण नगर्ने बताएका छन्। यसअघि नवल्नीको टोलीले सरकारले जानाजानी नभाल्नीको शव लुकाएको दाबी गरेको थियो ।

नभाल्नीका प्रवक्ता किरा यार्मिशले बीबीसीलाई बताएअनुसार नभाल्नीको टोलीले उनको मृत्युको आदेश भ्लादिमिर पुटिनले दिएको विश्वास छ।

“हामीलाई थाहा छ यो मृत्यु मात्र होइन हत्या हो,” उनले भने।

उनले भने, ‘प्रमाण लुकाउन खोजिरहेका छन्, त्यही भएर उनको शव परिवारलाई बुझाउँदैनन्, त्यही भएर लुकाइरहेका छन् ।’

नभाल्नीको शव कहाँ छ र कहिले नवल्नीको परिवारलाई बुझाइन्छ भन्ने थाहा नभएको यार्मिसले बताइन् ।

उनले रुसी कानून अनुसार कैदीको शव मृत्यु भएको दुई दिनपछि परिवारलाई बुझाउनुपर्ने बताइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *