त्रिविको उपकुलपति नियुक्तिका लागि तीन जनाको नाम सिफारिस

डिसी नेपाल
६ फागुन २०८० २२:४३

काठमाडौं। त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि गठित सिफारिस समितिले तीन जनालाई सिफारिस गरेको छ ।

आइतबार प्राध्यापक चित्रबहादुर बुढाथोकी, प्राध्यापक केशरजंग बराल र प्राध्यापक टंकनाथ धमलाको नाम उपकुलपति नियुक्तिका लागि सिफारिस गरिएको हो।

त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदमा आवेदन दिएका ४३ जनामध्ये अल्पसूची (सर्ट लिष्ट) मा परेका १४ उम्मेदवारको अन्तर्वार्ता पछि आइतबार तीन जनालाई सिफारिस गरिएको हो।

अब विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनीहरूमध्येबाट एक जनालाई विश्वविद्यालयको उपकुलपति नियुक्त गर्नेछन्।

त्रिविका उपकुलपति डा धर्मकान्त बास्कोटाको कार्यकाल यही कात्तिक १८ गते सकिएकपछि गत कात्तिक २४ गते प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति  दाहालले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईका अध्यक्षतामा सचिव सुरेश अधिकारी र त्रिविका बौद्ध अध्ययन विभागका प्रमुख डा चन्द्रकला घिमिरे रहेकोे समिति गठन गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *