राजेश्वर देवकोटाको माया र जीवन दर्शन
राजनैतिक धरातलमा उच्चता प्राप्त सफल ब्यक्ति हुन राजेश्वर देवकोटा। उनी जति परिचित राजनीतिबाट बने त्यो भन्दा बेसिनै सफल र परिचित छन् भाषा साहित्य जगतमा। साहित्यका अनेकन विधामा सिद्धहस्त देवकोटा मानवीय जीवनका मूल्य मान्यता र दर्शनलाई केस्रा केस्रा केलाएर पस्कन सफल देखिन्छन्।
उनको साहित्यक योगदानलाई मदन पुरस्कार सहित विभिन्न पुरस्कार तथा सम्मानहरुले कदर समेत गरिएको छ। उपन्यास, निवन्ध, प्रबन्ध, कथा, कविता, जीवनी ब्याकरण सवै बिधामा उत्तीकै सफल देवकोटा नेपाली साहित्य जगतका नक्षत्र बनेर चक्किएका छन्।
देवकोटा जति संघर्षशील र सफल बन्न पुगे ती सवै सफलताहरुमा प्रत्यक्ष परोक्ष कुनै रुपमा पनि कसैन कसैको भूमिका रहेकै हुन्छ। जीवन आरोह–अवरोह, योग वियोग, सफलता असफलता आदिसंग साक्षात्कार अगाडी बढिनै रहन्छ। दोवकोटाको “माया” निवन्ध संग्रह अध्ययन गरेपछि प्रष्ट हुन सकिन्छ।
प्रस्तुत निवन्ध संग्रह उनकै आफ्नो जीवनसँग सम्वन्धित छ। आफ्नो जीवन संगिनी मायादेवीलाई गुमाउँदाको पीडा सम्झना र समर्पणमा आधारित छ। झट्ट हेर्दा यो मायादेवीको माया नै हो। उनकै सम्झनामा सपर्पित स्मरण हो। जीवन भोगाइको वर्णन हो तर यो कृति त्यतिमा मात्र सीमित छैन। यसमा सिंगो मानवीय दर्शन छ।
जीवन जीउने कला छ। समस्त नारी जातिको महानता वर्णित छ। नारी चेतना र महनताको कदर पाइन्छ। राजेश्वर देवकोटा राजनैतिक, सामाजिक र साहित्य क्षेत्रको पर्दामा जति प्रष्ट देखिन्छन् र गनिन्छन् उनकी धर्मपत्नी कहीँ कतै चर्चामा आउँदिनन् तर देवकोटाका हरेक सफलतामा उनको भूमिका महत्वपूर्ण देखिन्छ।
यदि मायादेवीको भूमिका जुन रुपमा देखापरेको छ त्यस्तो नहुँदो हो त देवकोटाको जीवन अर्कै बन्न पुग्ने थियो। त्यसले नारी देवी हुन्, नारी चेतन तत्व हो, जसले पुरुषको जीवनमा रंग भर्ने र सुगन्ध थप्ने कार्य गर्दछ।
पस्तुत् निबन्ध संग्रह एक शोक निबन्ध संग्रहका रूपमा उभिए पनि यसमा आवद्ध हरेक निबन्ध शिर्षक भित्र लुप्त जीवन दर्शन पाइन्छ। देवकोटाले यहाँ आफूले गुमाएको धेरै कुरा पाएको देखिन्छ। केवल नश्वर शरीर मात्र उनले गुमाएका छन्।
सास्वत सत्य र चेतनायुक्त जीवन मूल्य र दर्शन यहाँ प्राप्त भएका छन्। झट्ट हेर्दा हरेक शिर्षक मायादेवी वैयक्तिक जीवनमा आधारित छन् र उनसँग सरोकार राख्दछन् तर अन्तर्निहित दार्शनिक भावना हरेक शीर्षकभित्र देखिन्छन्। यसरी हेर्दा यी शीर्षकहरू सबै बिम्ब हुन्।
मायादेवी र मेरो अनुभूति
मानिस कसैका कारण बाँच्च उसैका कारण जीवनमा अग्रसरित हुन्छ, सफलता पहिल्याउँछ यो भावना मात्र हुन्। यी भावनामै तरंगीत हुँदै उसले मानवत्व प्राप्त गर्दछ। मानवत्व भौतिक रूपमा विलय भएपनि आध्यात्मिक रूपमा कहिल्यै सकिँदैन उसैभित्र समाविष्ट भएर साथ दिइरहेको हुन्छ।
मायादेवी र पारिवारिक जीवन
मानिसको जीवन केवल आफूलाई मात्र जीउन होइन। जीवतत्व सास्वत सत्य हुन्छ, जीवन भोगाइको साधन हो। जीवनमा अनेकन बाधा, अवरोध उत्पन्न हुन्छन् ती सबैलाई आत्मसाथ गर्दै जीवनलाई उजील्याउनु पर्दछ। ‘श्रमैव जीवनम्’ नै सार्थक जीवन हो।
मायादेवी श्रम र सम्मान
श्रमजीवि मानिस कहिलै निरास र निरीह हुँदैन। श्रमबाट नै मानसम्मान, ओहदा प्राप्त हुन्छ। विना श्रम प्राप्ति उपलब्धीले मानसिक शान्ति दिँदैन। जसले श्रम जान्दछ र सम्मान गर्छ उ नै श्रर्वश्रेष्ठ हो र सफल बन्दछ। ‘श्रीमात् श्रेयस्करो जीवन्’।
मायादेवी र दाम्पत्य जीवन
जीवन त्याग, समर्पण र सम्मान हो। सहनशीलता र सम्झौता विना जीवन सम्भव छैन। सामाजिक परिवेश, पारिवारिक मान्यता र निरन्तरको संघर्ष नै सफल दाम्पत्य जीवन हो। जसमा सबैको जीतमात्र हुन्छ।
मायादेवीको शिक्षा
औपचारिक भन्दा आनुभाविक शिक्षा जीवनका लागि महत्वपूर्ण हुन्छ। आनुभाविक शिक्षाले मानिसलाई जस्तो सुकै सम–विसम परिस्थितिमा पनि सामञ्जस्य हुन सिकाउँछ भने औपचारिक मात्रको शिक्षा केवल पाण्डित्य प्रदर्शन मात्र हुन जान्छ।
मायादेवीको घर माइती
जन्म र कर्म जीवनका दुई आधार हुन्। नारी जीवनमा यो अझ प्रभावि हुन्छ। जन्म र कर्म दुवै आधारले परिवेस, समाज, परिवार हरेक क्षेत्रमा वैमनस्य विभेद रहित भएर बढाउन सक्नु पर्दछ। अन्यथा एकपक्षीय भयो भने जीवननै ध्वस्त हुन जान्छ।
मायादेवी र हाम्रो परिवार
परिवार निर्माण सञ्चालन र सम्वद्र्धनमा नारी भूमिका महत्वपूर्ण देखिन्छ। हरेक नारी एक सेतुका रूपमा उभिनु सक्नुपर्दछ। परिवारका हरेक सदस्यले सफलतामा आफ्नै सफलता भेटाउने प्राणी नारी मात्र हो।
मायादेवीको तीर्थाटन
जीवन अध्यात्मबाटै चलेको हुन्छ। मानिस कतै न कतै कुनै न कुनै रूपमा अध्यात्मलाई स्वीकारी रहेको हुन्छ। मानिस जतिसुकै नास्तिकताको व्याख्या गरोस् उसले ‘म’ भन्ने आफूभन्दा भिन्न तत्व आफैं भित्र स्वीकारी रहेको हुन्छ। जहाँ मानसिक शान्ति भावात्मक सत् प्रेरणा प्राप्ति हुन्छ त्यही नै तीर्थ हो। तीर्थाटनले मपाइत्व-अहंकारलाई विनाश गरी कल्याणकारी बनाउँछ।
मायादेवी र दण्डविधान
मानिसमा सकारात्मकता सृजना गर्न दण्ड प्रयोग हुन्छ न कि हानि पु¥याउन तर दण्डका विधि र प्रकार अनेकन हुन सक्छन् भनिन्छ शस्त्रले भन्दा शास्त्रले हजारौं गुना प्रभावकारी कार्य गर्छ। शारीरिक भन्दा मानसिक प्रहार अधिक बलक्तर हुन्छ।
मायादेवी ! सुकृति विकृति
अस्तित्व सबैको हुन्छ। सम्मानजनक अस्तित्व स्थापित गर्ने चाहना हरेकमा हुन्छ। आफ्नो अस्तित्व स्थापना गर्न अरुलाई विस्थापन गर्न राम्रो होइन। आफ्नो अस्तित्व आफैं परिभाषित गर्ने नभई अन्ने स्वीकार्य बन्न सकेमा मात्र त्यो पूर्ण अस्तित्व हुन्छ।
मायादेवीसँग छुट्टिने दिनहरू
शरीर भौतिक हो र सृजित पनि जसको निर्माण हुन्छ त्यसको विनाश पनि निश्चित छ। टाढा र नजिक सापेक्षमा मानिस जस्तै माया, मोह पनि सापेक्ष नै हो। आत्मतत्व नित्य भएपनि शरीर र मोह पनि मानिसले जान्दैन। शरीर त केवल साधना मात्र हो।
सयाध्यत त्यहीँ नित्यात्मा नै हो। त्यसैले मानिसय कृतिवान, अमर र अविस्मरणीय बन्दछ। भनिन्छ कृतिना सजीवति ऊ आफ्नो शरीरमा नभई अरुको मनमनमा बाँचिरहन्छ।
मायादेवी र म को पहिलो ?
यो संसार कसैको रचना हो। यसमा रचित पनि उसैैको सृजना हुन् र उसकै नियमअनुसार सञ्चालित हुनुपर्दछ। हामी हाम्रो इच्छा अनुसार चाहान्छौं प्राप्त हुँदा खुसी र गुम्दा दुःखी समेत हुन्छौं। यो पनि यहाँ जे छ त्यसैलाई पाए नपाएको भ्रम मात्र हो। हामीमा कुनैपनि कुरालाई नियन्त्रण गर्ने सामथ्र्य छैन जो हामीले बनाएनौं।
जसले जुन कुराको निर्माण गर्छ उसले मात्र त्यसमा नियन्त्रण राख्न सक्तछ र त्यसको विनाश गर्ने हक पाउँछ। उत्पाद विनाश यो नियम हो। उत्पाद निश्चित नियमबाट मात्र हुन्छ। विनाश चाँहि अनेक प्रकृयाबाट हुन सक्छ। त्यसैले विनाश अनुमान गर्नु असम्भव छ।
यसरी १२ वटा शीर्षकमा आवद्ध देवकोटाको ‘माया’ निबन्ध संग्रह एक दार्शनिक निबन्ध संग्रह हो। यसमा सिंगोे मानव जीवनको दर्शनलाई मायादेवीको जीवनीका माध्यमले दर्शाएको पाइन्छ। यहाँ मायादेवी त केवल एक पात्र हुन् जो यस मानव दर्शनमा उत्रिण भएकी पात्र जसले मानवीय मूल्य बुझेको छ।
स्वयं राजेश्वर देवकोटा यी सबै दर्शनहरू मूल्य र मान्यता बुझ्दा बुझ्दै अनेकन परिस्थितिमा अलमलिएर आफ्नै जीवनमा उतार्न सकेका देखिँदैनन्। उनी राजनैतिक अभियान्ता पनि हुन्।
राजनीति शास्त्र र जीवनशास्त्रमा केही न केही भिन्नता हुन्छ नै। जे होस् यो देवकोटामा अन्तर्निहित मानव दर्शन हो। उनले यसै कृतिका माध्यमले पनि समाजमा, राष्ट्रमा तथा सम्पूर्ण जगतमा मानवतावाद स्थापित गर्न चाहन्छन्।
राजेश्वर देवकोटाको ‘माया’ निबन्ध संग्रह नइ प्रकाशनले प्रकाशित गरी समस्त मानव जीवनमा मानवत्वबोध गराउने सत् प्रयास अवश्य फलीभूत बनेको छ। यसले मानिसमा जीवन प्रतिको कर्तव्य बोध गराई अनावश्यक तिकडम, मपाईत्वको लहड र फगत स्वार्थसिद्धिमा आफूलाई र आफ्नो अस्तित्व गुमाउनेहरूलाई मार्ग प्रदर्शन गर्ने ज्योति बनेर आएको छ।
Facebook Comment