१०८ नेपाली खानाको रेसिपी समेटिएको रोहिणी राणाको ‘द नेपाल कुकबुक’ सार्वजनिक
काठमाडौं । रोहिणी राणाले १०८ नेपाली परिकारको रेसिपी समेटिएको ‘द नेपाल कुकबुक’ बजारमा ल्याएकी छिन् । राणाद्वारा लिखित ‘द नेपाल कुकबुक’ पुस्तकको बिमोचन गरिएको हो ।
प्रधानसेनापति प्रभुराम शर्माले पुस्तक विमोचन गरेका हुन् । पुस्तककी लेखिका राणा पूर्व प्रधानसेनापति गौरवसमशेर राणाकी पत्नी हुन् । यसअघि उनको ‘द राणा कुकबुक’ नामक किताब सार्वजनिक भइसकेको छ ।
पुस्तकमा राणाले नेपालका तराई, पहाड र हिमाली क्षेत्रमा प्रचलित १०८ प्रकारका नेपाली परिकारहरु बनाउने रेसिपी समावेश गरेकी छिन् ।
किताबमा नेपालको ग्रामीण क्षेत्रमा प्रचलित मौलिक परिकारहरु बनाउने विधिहरु समेटिएको छ । विभिन्न जातजाति र क्षेत्रका परिकारहरुबारे नेपाललगायत विश्वभरका मानिसले परिचित होऊन् भन्ने उद्देश्यले किताब लेखेको राणाले बताइन् ।
Facebook Comment