एमाले केन्द्रीय कमिटी बैठक

नेताहरुले मोबाइल चलाएपछि ओलीको कटाक्षः मुख बन्द नगर्ने हो भने मेरो पनि कराउन जान्दछ होला नि!

डिसी नेपाल
८ फागुन २०८० १३:२८

काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ ।

च्यासलस्थित पार्टी मुख्यालयमा सुरु भएको बैठकलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् । सोही क्रममा बैठकमा सहभागी सदस्यको मोबाइल बजेपछि अध्यक्ष ओलीले अनुशासनको पालना गर्न निर्देशन दिएका छन् ।

बैठकमा मोबाइल स्वीचअफ गर्न आफूले भनेको भन्दै उनले यसलाई बेवास्ता नगर्न र अनुशासनको पालना गर्न निर्देशन दिएका हुन्।

‘मैले साथीहरुलाई मोबाइल स्वीचअफमा राख्न आग्रह गरेको छु । किन, एकछिन मोबाइल नहुँदा केही हुन्छ र ? मसँग मोबाइल छैन र? भएको छ त, चलेको छ त,’ ओलीले कडा स्वरमा भने, ‘कराउन दिने हो, मुख बन्द नगर्ने हो भने त मेरो मोबाइल पनि कराउन जान्दछ होला नि! अलिकति बैठकमा अनुशासन राखौं न हो।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *