अफगानिस्तानका पुरातात्त्विक स्थलहरुमा बुल्डोजर प्रयोग गरी लुट्ने अनुमति !

डिसी नेपाल
१० फागुन २०८० ७:५९

काठमाडौं। अफगानिस्तानमा कयौं पुरातात्त्विक स्थलहरु लुटपाट गर्नकै लागि बुल्डोजर लगाएर भत्काइएको छ। शिकागो विश्वविद्यालयका अन्वेषकहरुले दर्जनौं पुरात्विक स्थलहरुमा व्यवस्थित रुपमा लुट्ने अनुमति दिइएको बताएका छन्।

स्याटेलाइट फोटोहरूको विश्लेषणबाट प्राप्त प्रमाणका आधारमा अन्वेषणकहरुले यस्तो तथ्य पत्ता लगाएका हुन्। पहिलो निश्चित फोटोग्राफिक प्रमाणका आधारमा अघिल्लो सरकार अन्तर्गत सुरु भएको लुटपाटको ढाँचा सन् २०२१ मा तालिबान सत्तामा फर्किएपछि पनि निरन्तर चलिरहेको बताइएको छ।

इसापूर्व १००० भन्दा पहिलेको कास्य युगको उत्तरार्ध र फलाम युगका पुरातन बस्तीहरू क्षतिग्रस्त भएकाहरू पुरातात्विक बस्ती मध्ये एक हुन्। यसरी क्षतिग्रस्त बनाएको पहिचान गरिएका धेरैजसो क्षेत्रहरु उत्तरी अफगानिस्तानको बाल्ख क्षेत्रमा छन्। ती दुई सहस्राब्दीभन्दा पुराना हुन्।

शिकागो विश्वविद्यालयको सांस्कृतिक सम्पदा संरक्षण केन्द्रका अन्वेषकहरूले अफगानिस्तानमा २९ हजारभन्दा बढी पुरातात्विक क्षेत्रहरु पहिचान गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *