क्यानडा–११ ले जित्यो नेपाल ए विरुद्धको सिरिज

डिसी नेपाल
१० फागुन २०८० १६:३४

काठमाडौं। क्यानडा–११ ले नेपाल ए विरुद्धको सिरिज जितेको छ। तेस्रो तथा अन्तिम खेलमा नेपाललाई ४ विकेटले पराजित गर्दै क्यानडा–११ ले सिरिज २–१ ले जितेको हो।

नेपालले दिएको १८२ रनको लक्ष्य पछाएको क्यानडा–११ ले ३८.५ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ए ले ४७ ओभरमा अलआउट हुदै १८१ रन बनाएको थियो।

नेपाल ए का लागि आसुतोष घिरैयाले सर्वाधिक २८ रन बनाए भने अर्जुन कुमालले २७, बशीर अहमदले २५, कप्तान सन्दीप जोराले २४, सुजन थपलियाले २०, रशिद खान र प्रतिश जिसीले १९/१९ रन बनाए।

क्यानडा–११ का बलर निकोलस किर्तोन, डिलोन हेयलिगेर र हर्ष ठाकरले २–२ विकेट लिए।

नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक ए टिम बनाएर सिरिज खेलेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *